मंसिर ५ , पोखरा । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ ।प्रदेश सभा सदस्यमा मुस्ताङ १ (१)बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत पाउनुभयो ।
वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।
यसअघि मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् । योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।
तपाईको प्रतिक्रिया


