मंसिर ९ , काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ ।अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो ।
खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए ।
खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २-१ को स्थितिमा ल्याए । विश्वकपमा कतारको यो पहिलो गोल हो ।त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।
जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।कतारको यो लगातार दोस्रो हार हो ।कतार अंक विहीन रहदै पुछारमा रहेको छ ।
तपाईको प्रतिक्रिया



