मंसिर १४ , काठमाडौं ।सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे ।इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए ।
यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।सेनेगलले ३ खेलमा ६ अंक जोड्यो ।इक्वेडर समूह चरणबाट बाहिरिएको छ ।इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।
तपाईको प्रतिक्रिया


