मंसिर १६ ,काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ ।अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।
उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे ।खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।
तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए ।त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।
घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ ।समूह ‘एच’ मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो ।उरुग्वे तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ ।घानाले ३ खेलमा ३ अंक जोड्यो ।
तपाईको प्रतिक्रिया


