मंसिर २४ ,काठमाडौं ।मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।
मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।यस्तै मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ ।
अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे ।पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।
खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया


