मंसिर २६ ,काठमाडौं । कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा भईसकेको छ ।यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मोरक्को भने पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको हो ।यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदार खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे रहेका छन् ।
उनले ५ गोल गरिसकेका छन् ।यस्तै अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् ।मेस्सी र जेरुडले समान ४/४ गोल गरेका छन् ।
कतार विश्वकपमा गोल्डेन बुटका दाबेदार –
१. केलियन एमबाप्पे – ५ गोल
२. लियोनल मेस्सी – ४ गोल
३. ओलिभर जेरुड – ४ गोल
४. कोडी गाक्पो – ३ गोल
५. मार्कुस राषफोर्ड – ३ गोल
६. अल्भारो मोराटा – ३ गोल
७. इनर भ्यालेन्सिया – ३ गोल
८. बुकायो साका – ३ गोल
९. रिचार्लिसन – ३ गोल
१०. गोन्कालो रामोस – ३ गोल
तपाईको प्रतिक्रिया


