उदयपुर र भोजपुर जोड्ने चुहार पुल दशैँसम्म निर्माण सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निर्देशन दिनुभएको छ ।
चुहार पुल भोजपुरको दक्षिणी क्षेत्रको स्वार्णद्धारका रुपमा मानिन्छ । उदयपुर र भोजपुरको दक्षिणी भेगबाट जिल्लालाई सडकमार्गबाट शहरसंग जोड्ने यो पुल बन्न समय लागेपछि मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले निर्माण कम्पनी कालिका कन्ट्रक्सन र एस वि विल्डर्स जेभिका सञ्चालक ठाकुर कडेललाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो ।
यता पुलको डिजाइनमा समस्य आएपछि काम ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ । यस बारे प्रादेशिक सडक पूर्वाधार महाशाखा कोशी प्रदेशका निर्देशक रविचन्द्र पञ्जीयारले एक हप्ताभित्र सम्पुर्ण बाधा फुकाउने मन्त्री किरातीलाई प्रतिवद्धता व्यक्त गरेकाछन् ।
आगामी दशैँ सम्ममा सञ्चालन हुने गरि काम थाल्न र अप्ठ्याहरु सहजीकरण गरिने मन्त्री किरातीले निर्माण कम्पनी र पुल महाशाखाका निर्देशकलाई निर्देशन दिएकाछन् ।
मन्त्री किरातीको सहजीकरण पछि आफुहरु उत्सहित भएकोर काम चाडै सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।


