राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नु भएको छ।
राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गर्नु भएको हो । पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउँनुहुदै देशको छोराछोरीले मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव उच्च बनाउने काम गरेको बताउनु भयो ।

उहाँले, मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
तपाईको प्रतिक्रिया


