दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले सडकमै सुतेर आन्दोलन गरेका छन्।
आज जिल्ला प्रशासन कार्यालयको गेटअगाडि देखि आन्दोलन सुरू गरेका हुन् । झन्डै चारपाँच सयको हाराहारीमा आन्दोलनमा उत्रेका किसानहरुले एकछिन सडक समेत अवरूद्ध पारेका छन् ।

स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका हुन्।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले यसअघि मोहियानी हकका लागि विभिन्न चरणका आन्दोलन भई सरकारसँग धेरै पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको हुँदा चरणबद्ध आन्दोलन सुरू गर्नु परेको बताएका छन्।
तपाईको प्रतिक्रिया


