• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

को हुन् त नयाँ मन्त्रीहरु

  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । आज तीन मन्त्रीले शपथ लिनु भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गर्नुभएको हो । नव नियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यभार पछि रोक्ने गरी नवनियुक्त तीन मन्त्रीले शपथ लिनुभएको हो ।

 

को हुन् त नयाँ मन्त्रीहरु

१. नेता हितबहादुर तामाङ 

नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङ बुवा माइते तामाङ र आमा श्रीमाया तामाङका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०२० जेठ १५ गते नुवाकोटमा भएको हो। २०३७ सालदेखि राजनीतिमा सक्रिय उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो। २०४९ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला सचिव बन्नुभएका उहाँले २०४७ सालमा ने.क.पा.को चौथो महाधिवेशनबाट सदस्यता लिनुभयो। २०५२ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव बन्नुभएका तामाङ २०५३ सालमा बागमती क्षेत्रीय ब्यूरो सदस्य बन्नुभयो। २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका उहाँ २०६३ माघ १ मा अन्तरिम व्यवस्थापिका सदस्य बन्नुभयो। तामाङसँग यसअघि २०६६ सालमा युवा तथा खेलकुद मन्त्री बनेको अनुभव छ। २०७४ मा प्रतिनिधि सभा सदस्य बन्नुभएका उहाँ २०७९ सालमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य बन्नुभयो। एसएलसीसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएका उहाँसँग शिक्षा, भौतिक पूर्वाधार र पर्यटन क्षेत्र सम्बन्धी विशेष ज्ञान रहेको छ।

२. एमाले युवा नेता पदम गिरी 

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी बुवा बले गिरी र माता सिताकुमारी गिरीका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३३ साल फागुन २८ गते पर्वतमा भएको हो। २०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट उहाँ संगठित हुनुभएको हो। २०७४ सालमा उहाँ पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित हुनुभएको हो।

२०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा उहाँ स्ववियु सदस्य बन्नुभयो। त्यसपछि उहाँले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। क्याम्पसको राजनीति हुँदै उहाँ नेकपा जिल्ला कमिटी पर्वतको सदस्य, जिल्ला कमिटी अध्यक्ष बन्नुभयो। २०७४ सालको निर्वाचनमा उहाँ पहिलो पटक संघीय संसदमा निर्वाचित हुनुभयो। २०७९ सालको निर्वाचनमा उहाँ पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो। उहाँसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ। स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ। पार्टी केन्द्रीय सदस्य  गिरी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक हुनुहुन्छ।

३. रास्वपा उपसभापति डोलप्रसाद अर्याल 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोरप्रसाद अर्याल बुवा यामराज अर्याल र आमा गुणमाया अर्यालका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३१ साल भदौ ६ गते धादिङमा भएको हो। राजनीतिमा सक्रिय भएको छोटो अनुभव भए पनि उहाँसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मन्त्रिपरिषदमा रहेर काम गरेको अनुभव छ। उहाँले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेर काम गरिसक्नु भएको छ। २०७९ माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको थियो। उहाँसँग पर्यटन र विप्रेषण क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभव छ।

 

 

सोमबार, फागुन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.