• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

अनन्तले कोरे सजातीय राजनीतिक कोर्सको रूपरेखा

  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुन त्यस्ता नेता हुन् जोसँग जनयुद्धमा युद्धका मोर्चाको नेतृत्व गरेको देखि राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण मोर्चा सम्हालेको अनुभव छ। कूटनीतिक स्वभावका धनी वर्षमान बोली हाल्दैनन् बोलेको कुरा गरेरै छाड्दैनन्।

माओवादी केन्द्रले चुनावी तालमेल गर्दा होस् वा पार्टी एकताको निर्णय गर्दा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकबाट सघाउनेमध्ये वर्षमान पुन नै छन्।

वर्षमान पुनको राजनीतिक ग्राफ निरन्तर उकालोमा छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट विजयी भएका थिए। २०७४ मंसिरको आम निर्वाचनमा आफ्नो आधार इलाका रोल्पाबाट कांग्रेस उमेदवारलाई भारी मतान्तरले पराजित गर्दै उनी सांसद भएका पुन २०७९ को चुनावमा फराकिलो मतान्तरसहित निर्वाचित भएर हाल रोल्पाली जनताको जनप्रतिनिधिका रूपमा सक्रिय छन्।

वर्षमानको राजनीतिक चातुर्य र व्यवस्थापन आश्चर्यलाग्दो भएको तत्कालीन नेकपा तथा अहिले एमालेका एक नेता बताउँछन्।

‘राजनीतिक चातुर्य, अन्तरविरोधलाई सजिलै हल गर्न सक्ने र विरोधीलाई पनि मिलाउन सक्ने उहाँमा अचम्मको क्षमता छ, रोल्पामा जन्मिएका नेतामध्ये राजनीतिक रुपमा त्यति सार्प कमै छन्,’ ती नेताले भने। त्यही क्षमताले नै वर्षमान पार्टीभित्र लगातार नेतृत्वको सिढीँ उक्लिरहेको विश्लेषण हुनथालेको छ।

पछिल्लो राजनीतिक कोर्स परिवर्तनमा पनि वर्षमानले नै निर्णायक भूमिका खेलेका छन्। अर्को शब्दमा भन्नुपर्दा वर्षमानले देशको राजनीतिलाई सजातीय दिशातर्फ उन्मुख गराएका छन्।

गत असोजमै वर्षमान पुनले माओवादी र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका थिए। जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं राजनीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि वेला मिल्न सक्ने बताएपछि तरंग आएको थियो।

‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, उनले भनेका थिए, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौं ।’

त्यसैगरी माघ २४ गते नै वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका थिए। प्रतिनिधिसभा सांसद पुनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताएका थिए । उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए।

कोसी प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाटै धोका भएपछि प्रधानमन्त्री प्रचण्डले विकल्पबारे छलफल गर्न वर्षमानलाई जिम्मा दिएका थिए। पुनले राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।

सोमबार साँझ दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरूबीच सहमति भएको बताए।

मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.