प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गर्नु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गनु भएको छ ।
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएपछि विश्वासको मत लिने तयारी गनु भएको हो ।
कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।
तपाईको प्रतिक्रिया


