प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तेश्रो पटक विश्वासको मत पाउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा मंगलबार सभामुख देवराज घिमिरेले विश्वासको प्रस्ताव प्रस्तुत गर्नुहुदै प्रचण्डले हुमत सांसदको मत पाएको जानकारी गराउनु भयो ।
कुल मत २६८ खसेकामा प्रचण्डले १५७ अर्थात बहुमत प्राप्त गर्नु भएको छ । प्रचण्डको विपक्षमा ११० मत पर्दा १ सांसद तटस्थ रहेका छन्।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनु भएको हो ।
उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।
तपाईको प्रतिक्रिया


