आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक पर्छ ।
आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका छन् ।
आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुने छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ ।
तपाईको प्रतिक्रिया


