• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

महराको बयान सुरु

  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको रोहबरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महरासँग बयान सुरु गरिएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करीमार्फत ल्याएको नौ केजी सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएपछि प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको थियो ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० केजी सुन र २०७९ पुस १० गते विमानस्थलबाट भेपभित्र लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदनमा सुन तस्करीमा महराको पनि संलग्नता देखिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ केजी सुन तस्करीमा सिआइबीले अनुसन्धान गरिरहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङसँग पनि महराको पटक पटक सम्पर्क भएको देखिएको छ । आयोगको प्रतिवेदनमा महरामाथि परिस्थितिजन्य प्रमाणका आधारमा मुद्दा चलाउन यथेष्ट प्रमाण पुग्ने भन्दै कारबाहीको सिफारिस गरिएको छ ।

चीनमा मासु निर्यात गर्ने उद्देश्यले वाङले महराका छोरा राहुलको साझेदारीमा सुनसरीबाट मासु प्रशोधन कम्पनी स्थापना गरेका थिए । मासुको निर्यातको आवरणमा वाङले नेपालबाट चीनमा प्रतिबन्धित जडीबुटी (यार्सागुम्बा) लगायत चीनमा तस्करी गर्ने र उताबाट वस्तु आयातको आवरणमा सुनको तस्करी सुरु गरेका थिए ।

उनै वाङसँगको सम्बन्धले प्रहरी हिरासतमा पुगेका महराले तस्करीबारे आफूलाई जानकारी नभएको दाबी गरेको स्रोतको दाबी छ । महराको स्वास्थ्य अवस्था कमजोर रहेकाले सिआइबीले छिटो अनुसन्धान गरी पुरक प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । यही प्रकरणमा महराका कान्छा छोरा राहुलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । भेपभित्रको नौ केजी र ब्रेक सुभित्रको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी पाएको सिआइबीले पूर्वसभामुख महरालाई यसअघि सामान्य सोधपुछ गरी कागजी बयान लिएर छाडेको थियो ।

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.