गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।
अल्पमतमा परेका पाण्डेले बुधबार राजीनामा दिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । छलफलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिन तयार भएका हुन् ।
प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्याउन ३१ सांसद आवश्यक हुन्छ । हालको परिस्थितिमा विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने भएका हुन् ।
तपाईको प्रतिक्रिया


