राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जादैंहुनुहुन्छ।
म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल आज तनहुँ जादैहुनुहुन्छ । राष्ट्रपतिद्धारा बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्नु हुने कार्यतालीका रहेको छ ।
राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौँ पटकको गृह जिल्ला भ्रमणको हो । यसअघि चैत्र २३ भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटनको लागि पौडेल तनहुँ पुग्नुभएको थियो ।
तपाईको प्रतिक्रिया


