प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ।
मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताउनुभयो।
उहाँले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीले लिन आवश्यक नरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनः गठन हुने कुरालाई अस्थिरताको रूपमा बुझ्न नहुने पनि बताउनुभयो।
सरकारले उद्योगी, व्यवसायीको सुझावलाई गम्भीरताका साथ लिएको पनि बताउनुभयो।
तपाईको प्रतिक्रिया


