नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ ।
इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय उत्सव मनाउन अध्यक्ष ओली इलाम पुग्ने कार्यक्रम छ ।
आज दिउँसो १ बजे इलाम चोक बजारमा आयोजित विजय सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अहिले गोदक पुग्नुभएको जानकारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजे विजयी उम्मेद्वार सुहाङ नेम्वाङलाई प्रमाणपत्र दिने कार्यक्रम तय भएको जनाइएको छ । विजय उत्सव मनाउन अहिले इलाममा एमालेका नेता कार्यकर्ता भेला हुने क्रम जारी छ ।
तपाईको प्रतिक्रिया


