• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

टिपताला नाका पाँच वर्षपछि खुल्यो

  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड-१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो। नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि बल्ल नाका खुला भएको हो। टिपताला खुला भएसँगै शुक्रबार ३० जना नेपाली तिब्बतको रिउतर्फ गएका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो।

अध्यक्ष लिम्बूका अनुसार ओलाङ्चुङगोला, याङ्मा लगायतका स्थानीय तिब्बत गएका हुन्। ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले व्यापारिक अभिप्रायले स्थानीयहरु तिब्बत गएका बताउनुभयो। वडाध्यक्ष शेर्पाकाअनुसार सात दिनको समय लिएर स्थानीय तिब्बतको रिउ गएका हुन्।

रिउका स्थानीय सत्ता तथा व्यापारीले व्यापारिक स्टल राखेको र त्यही स्टलको परिधिमा रहेर यहाँबाट गएका नेपालीले व्यापार समन्वय तथा प्रवद्र्धन गर्न पाउने आफूले बुझेको शेर्पाले बताउनुभयो। शुक्रबारदेखि खुलेको नाका अब निरन्तर खुला रहने/नरहनेमा कुनै जानकारी नभएको पनि उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्रवेश अनुमति लिएर ओलाङ्चुङगोलाका स्थानीय तिब्बत गएका हुन्।

यसअघि मे ७ अर्थात वैशाख २५ गतेदेखि नै नाका खुल्ने खबरपछि यहाँका स्थानीयले तिब्बत जाने तयारी सुरु गरेका थिए। मे ७ कै दिन ओलाङ्चुङगोलाका स्थानीय तिब्बत जानका लागि टिपताला नजिक मौवाटारसम्म पुगेका थिए। तर, उक्त दिन नाका खुला नहुने तिब्बतका तर्फबाट जानकारी भएपछि उता हिँडेका स्थानीयहरुले बिच बाटोदेखि नै फर्कनुपरेको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो। वालुङका अनुसार नाका बन्द भएका कारण लामो समयदेखि आफन्त भेटघाट गर्न र अन्य काममा जान नपाएका स्थानीयहरु तिब्बत जानलाई आतुर रहँदै आएका छन्।

अहिलेसम्म नाका खुला नहुँदा ओलाङ्चुङगोला, याङ्मा, पापुङ, घुन्सा लगायतका बासिन्दाले तिब्बतमा रहेका आफन्तसँग भेटघाट गर्न पाएका छैनन्। त्यस्तै यहाँका स्थानीयले तिब्बतका व्यापारीसँग गर्दै आएको व्यापार कारोबार पनि ठप्प भएको छ। यहाँका व्यापारीले याकचौंरी, गलैँचा, जडीबुटीजस्ता वस्तुहरु तिब्बतका व्यापारीसँग व्यापार र कारोबार गर्ने गरेका छन्।

शुक्रबारदेखि भने टिपताला नाका खुलेकाले अब आफन्त भेटघाट गर्न, व्यापार गर्न र अन्य कामका लागि तिब्बत नेपाल आउजाउ गर्न पाइनेमा सीमावासी विश्वस्त छन्। यसअघि मे ७ देखि नै टिपताला नाका खुला हुने भनेपछि तिब्बत प्रवेशका लागि यहाँका स्थानीयले अनुमतिपत्र लिन थालेका थिए। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार हालसम्म करिव १३० जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिई सकेका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, वडा ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङकाले स्थानीयले प्रवेश अनुमतिपत्र लिएका प्रजिअ आचार्यले जानकारी दिनुभयो।

समुद्र सतहदेखि पाँच हजार १०० मिटरको उचाइमा रहेको द्विदेशीय सिमाना टिपतालासम्म भर्खरै सडकको पहुँचसमेत पुगेकाले नाका खुला भएपछि ओलाङ्चुङगोला, याङ्मासहितका सीमा बस्तीका बासिन्दा हर्षित छन्। बन्द भएको पाँच वर्षपछि नाका खुला भएकाले अब भने प्राकृतिक याम र मौसमका कारणबाहेक टिपताला नाका सधैं खुला रहनेमा आफूहरु ढुक्क रहेको ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाले बताउनुभयो।

शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.