• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

इन्धन डिपो सार्न पहल सुरु

  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन २१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको छ । निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन दिनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट नजिकै रहेको यो हवाई इन्धन डिपोले ‘उच्च जोखिममा विमानस्थल र बस्ती’ शीर्षकमा गोरखापत्रले बिहीबार समाचार प्रकाशन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार डिपो सार्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देशन अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी, सचिव मधुसूदन बुर्लाकोटी र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले डिपोको स्थलगत अध्ययन गर्नुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने सुरक्षा जटिलतालाई न्यूनीकरण गर्न नेपाल आयल निगमलाई तत्काल हवाई इन्धन डिपो सार्न निर्देशन दिएको छु, यसका लागि निगमले आवश्यक तयारी गरिरहेकाले जतिसक्दो छिटो प्रक्रिया अगाडि बढाउँछ,” मन्त्री भण्डारीले भन्नुभयो ।

विमानस्थलनजिकै गुह्येश्वरीमा नयाँ डिपो बनाउने योजना रहेको छ । यसका लागि लाग्ने बजेट निगम आफैँले व्यवस्थापन गर्ने वा अपुग अन्य निकायसँग बजेट माग्न सक्ने मन्त्री भण्डारीले जानकारी दिनुभयो । नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय, सिनामङ्गलका प्रमुख प्रदीप यादवका अनुसार गुह्येश्वरीमा नयाँ डिपो बनाउन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा रकम राख्नसमेत मन्त्री भण्डारीले निगमलाई निर्देशन दिनुभयो ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार सो डिपो सार्न विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्सनजिकै रहेको गुह्येश्वरीतर्फको ५० रोपनी जग्गाको पनि मन्त्री भण्डारीले अवलोकन गर्नुभएको थियो । यो जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको हो ।

मन्त्री भण्डारीले अहिलेको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दाका साथै हवाईजहाजसमेत जोखिममा रहेकाले उपलब्ध गराइएको जग्गामा डिपो सार्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलाई निर्देशन दिनुभएको थियो ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको गुरुयोजना अनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागेको हो । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मुख्य धावनमार्गनजिकै धावनमार्गसम्म विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबिचको दुरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घनाबस्तीसमेत ठुलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ । आयोजनाले सो डिपो अन्यत्र सार्न पछिल्लो तीन वर्षदेखि निगमलाई पत्राचार गर्दै आएको थियो । निगमले भने यस्तो जोखिमयुक्त डिपो सार्न अटेरी गर्दै आएको थियो ।

सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६६० किलोलिटर छ । त्यहाँबाट दैनिक चार सय किलोलिटर हवाई इन्धन खपत हुने गरेको छ । यो डिपोमा एक हजार छ सय किलोलिटरका तीन वटा, ७६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताको आठ वटा इन्धन भण्डारण गर्ने भाँडा छन् ।

यही साउन ९ गते सौर्य एयरलाइन्सको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । गोठाटारतर्फको क्षेत्रमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको थियो । यसअघि टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठुलो क्षति हुन सक्थ्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमै पाँच पटक हवाई दुर्घटना भएका छन् । जसमा परी ७२ जनाको ज्यान गएको छ भने २७८ जना घाइते भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको सो डिपोका कारण विमानस्थल र पार्किङ गरिएका जहाजसमेत उच्च जोखिममा छन् । विज्ञका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको अवस्थामा १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्न सक्ने जोखिम छ । गोरखापत्र बाट साभार

 

सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.