बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएर अन्तरिम सरकार बनाउने घोषणा गरेको हो ।
सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सोमबार अपराह्न सम्बोधन गर्दै हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
सबै दललाई बोलाएर अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ’ उहाँले भन्नुभयो ।
तपाईको प्रतिक्रिया


