• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

मिडिया काउन्सिल विधेयकमाथि थप छलफल हुने

  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

अध्यक्ष नियुक्तिको सिफारिस र छानबिन समितिबारे विधायन व्यवस्थापन समितिमा सहमति नभएपछि मिडिया काउन्सिल विधेयक–२०८० को दुवै व्यवस्थामाथि सरोकारवालासँग थप छलफल हुने भएको छ । दुवै विषयमा समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राय बाझिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा काउन्सिलका अध्यक्षको नियुक्तिका लागि सिफारिस समिति गठन र अध्यक्ष नियुक्तिसम्बन्धी विशेष व्यवस्थामा सहमति हुन नसकेपछि दुवै विषयमा थप छलफल हुने भएको छ ।

समितिका सभापति जयन्तीदेवी राईले भन्नुभयो, “सिफारिस समिति सम्बन्धमा विधेयकमा गरिएको व्यवस्थामा दुई वटा संशोधन परेको छ । समिति पूर्वन्यायाधीशको संयोजकत्वमा हुनुपर्नेमा सदस्यहरू सहमत भए पनि मन्त्रालयले अस्वीकार गरेपछि बिचको बाटो निकाल्न थप छलफल जरुरी छ ।”

मङ्गलबार भएको छलफलमा समितिका सदस्य गोपीबहादुर सार्की अछामी र कृष्णबहादुर रोकायाले सिफारिस समितिको गठनसम्बन्धमा सञ्चारकर्मी असन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो । काउन्सिलको अध्यक्ष नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा नेपाल सरकारले तोकेको विज्ञ सदस्य एक जना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने छ ।

छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संशोधनमा उल्लेख भएबमोजिम संसद्को बिजनेस रेखदेख गर्ने सभाका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुने तर्कसङ्गत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चारकर्मीले समेत मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति रहेकाले अपमानित महसुस गर्नु उपयुक्त होइन ।”

सो विषयमा मन्त्रालय र समितिको राय बाझिएपछि मन्त्री गुरुङकै सुझावमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूसँग सो विषयमा छलफल गर्ने सहमति भएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “उहाँहरूको असहमति किन छ ? बसेर उहाँहरूसँग छलफल गरेर आश्वस्त गर्ने प्रयास गरौँला । त्यसका लागि समितिले अवसर जुराइदिनुपर्‍यो ।”

मन्त्री गुरुङले अर्को अध्यक्ष नियुक्त गर्न नसक्ने व्यवस्थाकै कारणले सरकार र मन्त्रालयका अन्य निकायमा अर्बौंको नोक्सानी सहनुपरेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “समितिमा हामीले सिद्धान्तको कुरा गर्दै छौँ । तर नेपाल दूरसञ्चार प्राधिकरणको उदाहरणबाट हामीले व्यवहारमै धेरै नोक्सानी सहनुपर्ने अवस्था आएको छ ।

सम्भावित यस्ता समस्याको पहिल्यै विचार गरेर नगए थप समस्या आउन सक्ने भएरै विधेयकमा अध्यक्ष नियुक्तिसम्बन्धी विशेष व्यवस्था गरिएको हो ।” समितिले भने यस विषयमा सदस्यहरूको भावना समेटेर प्रस्ताव ल्याउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.