• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

खस्कियो टेलिकमको आम्दानी

  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन ३२
सरकारी स्वामित्वको नेपाल टेलिकमको वित्तीय अवस्था खस्कँदो छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एकै वर्षमा कम्पनीको आम्दानी करिब तीन अर्ब रुपियाँले घटेको छ । विवरण अनुसार गत आवमा कम्पनीले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार कुल आम्दानी गरेको छ । त्यसअघि आव २०७९/८० मा भने कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार कुल आम्दानी गरेको थियो । यस हिसाबले एक वर्षकै अवधिमा कम्पनीको कुल आम्दानीमा दुई अर्ब ८० करोड रुपियाँले कमी आएको छ ।

कम्पनीको सञ्चालन आय पनि घटेर ३४अर्ब ४६ करोड रुपियाँ पुगेको छ । त्यसअघि कम्पनीको यस्तो आय ३६ अर्ब २७ करोड रुपियाँ थियो । आम्दानी घटेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको मुनाफामा देखिएको छ । गत आवमा कम्पनीको खुद नाफा नै एक अर्ब ३० करोड रुपियाँले घटेको छ । विवरण अनुसार कम्पनीले गत आवमा छ अर्ब ६१ करोड ७७ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ जबकि त्यसअघि कम्पननीको खुद नाफा सात अर्ब ९२ करोड रुपियाँ थियो ।

कर भुक्तानअघिको कम्पनीको मुनाफा भने ११ अर्ब ६७ करोड ९८ लाख रुपियाँ रहेको छ । त्यसअघि कम्पनीले यस्तो नाफा ११ अर्ब ८४ करोड २५ लाख रुपियाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपियाँ पुगेको छ ।

आम्दानी घट्नुमा कम्पनीले विभिन्न कारण देखाएको छ । खास गरी म्यासेन्जर, भाइबर, ह्वाट्स एपजस्ता ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा एक अर्ब ४३ करोड रुपियाँले कमी आएको कम्पनीले जनाएको छ । ओटिटीका कारण भ्वाइस र एसएमएस सेवाबापतको आयमा नकारात्मक प्रभाव परेको कम्पनीले उल्लेख गरेको छ ।

सरकारी कम्पनी भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको कम्पनीले जनाएको छ । सेवा सञ्चालनका लागि आवश्यक ब्यान्डविथ विगत वर्षभन्दा कम दरमा खरिद गरिएका कारण सेवा सञ्चालन खर्चमा कमी आएको कम्पनीले उल्लेख गरेको छ ।

जिएसमए सेवाको अनुमतिपत्रको तेस्रो नवीकरणबापत २० अर्ब रुपियाँ भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको कम्पनीले प्रस्ट पारेको छ । त्यस्तो भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपश्चात् केही बैङ्कमा रहेका मुद्दती निक्षेपलाई परिपक्व अवधिभन्दा अगाडि फुकुवा गरी भुक्तानी गरिएको तथा बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब एक अर्ब २९ करोड ७३ लाख रुपियाँले कमी भएको टेलिकमले जनाएको छ ।

शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.