पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरूसितको भेटमा उहाँले विशेष परिस्थितिका कारण एक पटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताउनु भयो ।
विद्यार्थीहरू सितको भेटकै क्रममा उनहाँले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिएका थिए । जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एक पटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिनु भयो ।


