नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आज (बिहीबार)देखि काठमाडौँमा सुरु भएको छ ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेर राष्ट्रिय सम्मेलन सुरु गरेका हुन् ।

नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सम्मेलन चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने अखिलले जनाएको छ ।

तपाईको प्रतिक्रिया


