• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सम्झनलायक जितसहित नेपाल फाइनलमा

  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक १२

रातो कार्ड, एक गोलले पछाडि, प्रीति राईको गोल अमान्य र तनावले करिब एक घण्टाको खेल रोकिनु जस्ता प्रतिकूल परिस्थितिलाई चिर्दै नेपालले आइतबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएपछि जितहारको निर्णय सिधै टाइबे्रकरमार्फत गरिएको थियो ।

नेपालले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । नेपालले अब बुधबार साबिक विजेता बङ्गलादेशविरुद्ध उपाधि भिडन्त गर्ने छ, जुन पछिल्लो संस्करणको पुनरावृत्ति हुने छ । सो समय बङ्गलादेशले नेपालको पहिलो पटक साफ च्याम्पियन बन्ने सपना चकनाचुर पारेको थियो । नेपालले अब पछिल्लो फाइनलको हारको बदलासहित च्याम्पियन बन्ने अर्को अवसर पाएको छ ।

दशरथ रङ्गशालामा खचाखच दर्शकको समर्थनबिच पेनाल्टी सुटआउटमा नेपालका चारै खेलाडी सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिसा कार्कीले गोल गर्नुभयो । भारतका लागि मनिषा र सिरभोइकरको पेनाल्टी प्रहार मात्र सफल भयो । कप्तान आशालता देविकको पहिलो पेनाल्टी प्रहार गोलपोस्टमा लागेर फर्कियो भने छानु सोरोखाइबमको प्रहारलाई स्थानापन्न गोलरक्षक अन्जना रानामगरले विफल पार्नुभयो । प्रशिक्षक राजेन्द्र तामाङले टाइब्रेकरका लागि पेनाल्टी विशेषज्ञ गोलकिपर अन्जनालाई मैदानमा छिराउनुभएको थियो ।

यसअघि खेलको ७२ औँ मिनेटमा सङ्गीता बासफोरको गोलबाट भारतले अग्रता बनाएपछि नेपाल हारतर्फ गएको थियो । सङ्गीताले डिबक्सबाहिरबाट दर्शनीय प्रहारमार्फत गोल गर्नुभएको हो । उत्तरार्धको सातौँ मिनेटमै रेखा पौडेलले दोहोरो पहेँलो कार्डसहित मैदान छोडेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । यद्यपि नेपालले एक मिनेटपछि नै प्रीति राईको गोलबाट खेल बराबरीमा ल्यायो तर सो गोलले मान्यता पाएन ।

रेफ्री चोकी ओमले सुरुमा गोल भएको इसारा गरे पनि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल अवैध भएको निर्णय गर्नुभयो । नेपालले गोल गर्दा भारतीय अफिसियल मैदानभित्रै रहेको कारण देखाउँदै गोल रद्द गरिएको थियो । रेफ्री चोकीले सेन्टरबाट बल चलाउने सिठी फुक्दा भारतीय खेलाडी गोलको खुसी मनाउनमा व्यस्त थिए । नेपालकी सावित्राले फटाफट बल चलाएर प्रीतिलाई पास दिनुभयो र प्रीतिले खाली गोलपोस्टमा बल छिराएर गोल गर्नुभयो । सावित्राले बल चलाउँदा भारतका कुनै खेलाडी विपक्षी हाफमा थिएनन् । सो गोललाई मान्यता नदिएकोमा नेपाली टिमले विरोध गर्दा खेल एक घण्टा १५ मिनेट रोकिएको थियो । यसअघि रेखाले रातो कार्ड पाउँदा पनि खेल १० मिनेटभन्दा बढी रोकिएको थियो । दोस्रो पटक  रोकिएर पुनः सुचारु भएको खेल एक मिनेट नबित्दै सावित्राले प्रीतिको पासमा अनपेक्षित रूपमा बराबरी गोल फर्काएर नेपाललाई जीवनदान दिनुभयो । भारतीय गोलकिपर एल. देवी वाङ्खेम डिबक्सबाहिर आएको मौका छोपी सावित्राले खाली गोलपोस्टमा बल छिराउनुभएको हो । त्यसपछि नेपालले पेनाल्टी सुटआउटमा खेल जित्यो ।

नेपालका प्रशिक्षक तामाङले दर्शकको साथ र खेलाडीको अविस्मरणीय प्रदर्शनले खेल जित्न सफल भएको बताउनुभयो । “पाउनुपर्ने गोल नदिँदा हामीले खेल्न मानेनौँ तर नेपाली फुटबललाई नै कारबाही हुने भनेपछि हामी खेल्न राजी भएका हौँ,” उहाँले भन्नुभयो, “हामीमा जितेरै छाड्ने इगो थियो । सावित्रा हुँदा गोल फर्काउने विश्वास पनि थियो । सबैले खेलेरै जित्ने मनोभावनामा खेले ।” प्रशिक्षक तामाङले यस खेलमा रेफ्रीबाट नेपाली टिमलाई घात भएको पनि बताउनुभयो ।

पछिल्लो संस्करणमा नेपालले भारतलाई नै हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो, जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ । नेपाल पछिल्ला चार खेलमा भारतसँग हारेको छैन । समग्रमा भने यी दुईबिच भएका कुल १८ भिडन्तमा भारतले ११ र नेपालले तीन खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । गोरखापत्र बाट साभार

सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.