वैशाख १७ , भरतपुर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ७ को सगुन चोकमा देव स्वास्थ्य क्लिनिक संचालनमा आएको छ ।चौबिसकोठीमा रहेको देव हस्पिटल प्रालिको शाखाको रुपमा देव स्वास्थ्य क्लिनिक यहाँ संचालनमा ल्याईएको हो ।
हस्पिटलकी संचालक एवम् प्रवक्ता मञ्जु सिम्खडाले ग्रामिण भेगमा पनि सस्तो, सुलव र सरल तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यले क्लिनिक संचालनमा ल्याएको बताईन् ।सहरमा मात्र हैन गाउँगाउँमा सहज तरिकाले गुणस्तरीय सेवा र विशेषज्ञ सेवा पुराउन हामीले क्लिनिक संचालनमा ल्याएका हौँ– उनले भनिन् ।
क्लिनिकमा निशुल्क रुपमा सधै मधुमेह परिक्षण हुने छ । यस्तै जेष्ठ नागरिकहरुलाई औषधिमा विशेष छुट सहित चौविसै घण्टा इमेरजेन्सी सेवा र विशेषज्ञ सहितको सेवा उपलब्ध गराईएको छ ।
तपाईको प्रतिक्रिया


