• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

प्राधिकरणविरुद्धको रिट खारेज

  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक २१
डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध हिमाल आइरन स्टिल्स प्रालिले दायर गरेको रिट निवेदन मङ्गलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

मङ्गलबार सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्राधिकरण प्रधान कार्यालय र वीरगन्जस्थित प्राधिकरण शाखा कार्यालयविरुद्ध हिमाल आइरन स्टिलले दायर गरेको रिट खारेज गरिदिएको हो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइन महसुलबापतको प्रिमियम रकम भन्दै उद्योगमा पठाएको बिल उपयुक्त नभएको र सो बिल खारेज गराउन उत्प्रेषण आदेश माग गर्दै कम्पनीले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलका अनुसार रिटमा मागदाबी नपुगेको देखिएकाले खारेज गरिएको हो । “हिमाल आइरन स्टिलका तर्फबाट दायर भएको रिट निवेदन सम्मानित सर्वोच्च अदालतले खारेज गरिदिएको छ, फैसला भए पनि पूर्ण पाठ आएको छैन,” उहाँले भन्नुभयो । सर्वोच्चको यो फैसलासँगै विपक्षीले उद्योगसँग महसुल असुलीको करबाही अगाडि बढाउन पाउने भएको छ ।

यो रिट खारेज भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले जारी गरेका बिलमा उद्योगीले उठाउँदै आएको प्रश्न पनि मेटिएको टिप्पणी गर्नुभयो । “डेडिकेटेड र ट्रङ्कलाइन महसुलको प्रिमियम बिलबारे उद्योगीले लगाउँदै आएको आरोप सम्मानित सर्वोच्च अदालतले मिथ्या प्रमाणित गरिदिएको छ,” उहाँले भन्नुभयो, “प्राधिकरणले सप्रमाण बिल जारी गरेको हो र प्राधिकरण यस्ता बाँकी बक्यौता उठाउन कटिबद्ध छ ।”

ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हिमाल आइरन स्टिल्सको प्रिमियमबापतको १३ करोड ६५ लाख रुपियाँ प्राधिकरणले असुल गर्नुपर्ने छ । यो रकम विवादित तीन अवधिमध्ये मन्त्री परिषद्को गत वैशाख २७ गतेको निर्णयबमोजिम प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो ।

प्राधिकरणले कात्तिक ८ गते राति यस्तै प्रिमियम महसुल भुक्तान नगरेको भन्दै ३४ वटा उद्योगको लाइन काटेको थियो । महसुल तिर्न बाँकी ४९ वटा उद्योगमध्ये छ वटा उद्योगले सोही दिन नै महसुलको पहिलो किस्ता तिरेपछि लाइन काटिएको थिएन । सात वटा उद्योगका मुद्दा जिल्ला अदालत पर्सामा विचाराधीन छ । लाइन काटिएपछि सर्वोत्तम सिमेन्टसहितका छ वटा उद्योगले किस्ताबन्दीमा महशुल तिर्न थालेपछि विद्युत् आपूर्ति सुचारु गरिएको छ । यस्तै महशुल नतिरेका दुई सरकारी उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टले प्रिमियमबापतको महशुल किस्ताबन्दीमा तिर्न सहमत भइसकेका छन् । अब लाइन काटिएका उद्योगको सङ्ख्या २८ रहेको छ । हिमाल आइरनको पनि विद्युत् आपूर्ति काटिएको थियो ।

उद्योगहरूको लाइन काटिएकै अवधिमा यही कात्तिक १४ गते नियामक विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्ति विच्छेद भएका उद्योगलाई किस्ताबन्दीको सुविधा दिन र सोअनुसार रकम भुक्तान गरेमा विद्युत् सुचारु गरिदिने आशयसहितको पत्राचार गरेको थियो । प्राधिकरणले गत असोज २४ गते सार्वजनिक सूचनामार्फत ४९ वटा उद्योग र तीनले तिर्नुपर्ने बक्यौता विवरण खुलाएर १५ दिने अवधि दिएको थियो ।

 

बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.