सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आजै सिंहदरबारमा पदबहाली गर्नुभएको छ ।
पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो ।
गत शुक्रबारको मन्त्रीपरिषद्को बैठकले डा. विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बन्नुभएको थियो ।
नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिनाअघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐनबमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्ट नियुक्ति हुनुभएको हो ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याइएको थियो । सोही ऐनअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्टलाई नियुक्ति हुनुभएको हो ।


