ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा सहर बनाउने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनु भएको छ ।
मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रमुख महर्जनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिरहेको बताउनु भयो । उहाँले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको स्मरण गर्नुभयो । उहाँले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरूलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।
प्रमुख महर्जनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताउनु भयो ।
तपाईको प्रतिक्रिया


