• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहदको तरङ्ग

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । निर्वाचन आयोगले राति सार्वजनिक गरेको मतपरिणाम अनुसार उमेहद पक्षधरले खुला पक्षधरलाई २१ मतान्तरले पराजित गरेको हो ।

उमेरहद लगाउने कि खुला गर्ने विवाद अन्त्य गर्न शनिबार निर्वाचन भएको थियो । कुल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।

आगामी माघ ५ गतेबाट नयाँ नेतृत्वका चुन्नका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि निवर्तमान समितिका अधिकांश बिदा हुने भएका हुन् । एक सय ७८ सदस्यीय पदाधिकारीमध्ये निवर्तमान उपाध्यक्षबाट प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने एक विद्यार्थी नेताले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण आउट भएका छन् ।

यस्तै निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् । यसै गरी उपमहासचिवमा ५/७ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् ती नेताले बताएका छन् । ‘३२ वर्ष उमेरहद लागु भएमा निवर्तमान पदाधिकारीबाट लगभग ७० प्रतिशत नेताहरू बाहिरिनेछन् । उपाध्यक्ष तहमा प्रविना अधिकारी मात्र रहनेछिन् । उपमहासचिवमा पाँच जना र सचिवमा करिब १० जना बाँकी रहन्छन् होला‘ नेताले भने ।

अब निवर्तमान उपमहासचिवबाट हेमन्त राई अध्यक्षमा बलिया दाबेदार रहेको अर्का एक निवर्तमान उपाध्यक्षले जानकारी दिएका छन् । उनका अनुसार सुदिन पौडेल, तिर्सना हमाल, योगेन्द्र बुढा, रोशन थापामगर, प्रतीक कार्की, विष्णु ढुंगेल, विश्वमणि थापा लगायत नेताहरू समेत दाबेदार रहेका छन् । अब अध्यक्षको दाबेदार पनि उपमहासचिव र सचिव तह मध्येबाट नै हुने बढी सम्भावना रहेको छ ।

यद्यपि उमेरहदसम्बन्धी निर्वाचन प्रक्रियालाई लिएर निवर्तमानबाट अध्यक्षका दाबेदारहरू असन्तुष्ट देखिएका छन् । निर्वाचन आयोगका भूमिकाप्रति पनि उनीहरूले विरोध जनाएका छन् । नेता पवन कार्की, केशव रावल लगायत निवर्तमान उपाध्यक्षहरूले निर्वाचनमा धाँधली भएको विषयमा छानबिन नगरी निर्वाचन प्रक्रिया अगाडि बढाउन नदिने चेतावनी दिएका छन् ।

असोज १० देखि १५ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो । त्यतिबेला १० वटा समूहगत छलफलबाट आएका निष्कर्षको आधारमा २८, ३० र ३२ वर्षे उमेरहद राख्नुपर्ने सुझाव आएको थियो ।

विवाद समाधानका लागि पुस ९ गते माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान अध्यक्ष पञ्चा सिंह, संगठनको इन्चार्ज हिमाल शर्मा, प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधान लगायतको संयुक्त बैठकले ३२ वर्ष उमेरहद लगाउने सहमति गरेको थियो ।

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.