अखिल क्रान्तिकारीको शनिबार सम्पन्न निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशको मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ। सदूरपश्चिम प्रदेशमा १७० मत खसेको छ । निर्वाचनमा विजय प्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल र उपदेश यादव अध्यक्ष पदमा प्रतिस्पर्धी छन् ।
अखिल क्रान्तिकारी कोशी प्रदेशमा अध्यक्षका उम्मेदवार हेमन्त राईले सुरुवाती अग्रता लिएका छन् । १८ मत गन्दा राईले ११ मत पाएका छन् । यसैगरी विजयप्रकाश सापकोटाले एक, सुदिन पौडेलले एक र उपदेश यादवले ५ मत पाएका छन् । कोशी प्रदेशमा २ सय ५८ मत खसेको छ ।
तपाईको प्रतिक्रिया


