वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आक्रमणकारीहरूलाई प्रतिव्यक्ति १ लाखमा रिहा गर्न आदेश गरेका हुन् । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको विरुद्धमा बहस गरेको भन्दै उनीहरुले त्रिपाठीलाई बबरमहलस्थित अदालत बाहिर आक्रमण गरेका थिए ।
तपाईको प्रतिक्रिया


