• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

नागार्जुन नगरपालिकाका नगरप्रमुख बस्नेतको ८ करोड ६९ लाख गैरकानुनी सम्पत्ति

  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित

काठमाडौं , माघ २८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेतमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गरेको छ । बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको आयोगको ठहर छ ।

अख्तियारका अनुसार नगरप्रमुख बस्नेत र उनको परिवारका सदस्यहरूले जाँच अवधिमा कुल १९ करोड ९५ लाख ७४ हजार ८ सय ६२ रुपैयाँ २५ पैसा आय आर्जन गरेकामा २८ करोड ६५ लाख ६१ हजार ९ सय ६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको देखिँदा निजको जाँच अवधिको कुल आयबाट सोही अवधिको कुल खर्च तथा लगानी (कुल व्यय) घटाउँदा कुल आयभन्दा कुल व्यय अधिक देखिएको अख्तियारले उल्लेख गरेको छ ।

बस्नेतविरुद्ध अख्तियारले दायर ग-यो दोस्रो भ्रष्टाचार मुद्दा

बस्नेतले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिदलगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद–बिक्री गर्दा कमिसनबापत रकम दिएको, छोराहरूको विवाहको भोजमा गैरकानुनी रूपमा खर्च गरेको अख्तियारको दाबी छ ।

उनले विवाहित छोरालाई व्यक्तिगत खर्च भनी रकम दिएको, विवाहित छोरीलाई पनि रकम दिएको, दान भनेर रकम दिएको अनि घरमा काम गर्ने सहयोगीहरूलाई पनि गैरकानुनी रूपमा आर्जित सम्पत्तिबाट खर्च दिएको अख्तियारको दाबी छ ।

त्यस्तै, विभिन्न व्यक्तिलाई दिएको रकम, बिमा शुल्क भुक्तानीबापतको खर्च रकम, लकर शुल्कबापतको खर्च रकम, विदेश भ्रमणमा जाँदा हवाई टिकट खरिद प्रयोजनमा भएको खर्च रकम विभिन्न कम्पनीको सेयर खरिदमा भएको खर्च लगानी रकमलाई पनि आयोगले अनुसन्धान गरेको थियो । साथै, बस्नेतले सुनलगायतका बहुमूल्य धातुका गरगहना खरिदका क्रममा गरेको खर्च रकमको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

उनी नागार्जुन नगरपालिकाको नगरप्रमुख भएपछि अस्वाभाविक रूपमा आर्जन हुनेक्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ ।

नागार्जुनका नगरप्रमुख बस्नेतमाथि यसअघि नै अख्तियारले नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरेर लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रूपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले बस्नेतले नगरप्रमुख पदमा बहाली भएपश्चात् वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएको र झुठा विवरण पेस गरेको पुष्टि भएकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिमाना गरी यसरी लुकाइछिपाई राखिएको सम्पत्ति जफत हुने मागदाबी गरेको छ ।

त्यस्तै, अख्तियारले नगरप्रमुख बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती उर्मिला बस्नेतका नाममा राखेको हुँदा उनकी श्रीमतीको नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा जफतको माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम प्रतिवादी बनाइएको छ ।

यसअघि पनि आयोगले नगरप्रमुख बस्नेतले पदको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र जगतगुरु कृपालु प्रतिष्ठान नेपालको स्वार्थमा काम गरेको, त्यसबाट नाजायज लाभ लिएको र राज्यकोषमा ठूलो नोक्सानी पुग्ने काम गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बस्नेतकै कारण जगतगुरु कृपालु प्रतिष्ठानजस्तो धार्मिक संस्था पनि भ्रष्टाचारजस्तो गम्भीर अपराधमा मुछिएको छ ।

नाम मन्दिरको, काम हाउजिङको
घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलका पद्मा कोलोनी, पद्मा मर्चेन्टलगायतका कम्पनीका परियोजना नागार्जुन नगरपालिकामा विभिन्न चरणमा सञ्चालन भइरहेका छन् । घरजग्गा व्यवसाय गर्न उनले सो धार्मिक संस्थाको आड लिएको पाइएको छ ।

सुरुमा त्यहाँका स्थानीय जग्गाधनीबाट उनले मन्दिर र अन्य धार्मिक सम्पदा निर्माण गर्ने भनेर सस्तोमा जग्गा उठाए । पछि त्यही ठाउँमा कोलोनी बनाएर भटाभट घर बेच्न थाले । उनको व्यवसाय प्रवर्धनमा नगरप्रमुख बस्नेत दिलोज्यान दिएर लागेका थिए ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रानुसार प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी कँडेल र उनका कम्पनीलाई जग्गा उपलब्ध गराउने सम्झौता गराएको पाइएको छ । जग्गाबापत ३ करोड ७२ हजार रुपैयाँ जग्गाधनीहरूलाई दिइएको र जगतगुरु प्रतिष्ठानका नाममा बैनाबट्टा गराउने काम पनि नगरप्रमुख बस्नेतले नै गरेको भेटिएको छ । नगरप्रमुख बस्नेतले पदीय दुरुपयोग गरी जग्गाधनीहरूलाई गलफतमा पारेर जग्गा व्यवसायीको स्वार्थमा काम गरेको अख्तियारको दाबी छ ।

धार्मिक संस्थाको नाम लिएर बैना गरिएको जग्गाको बजार मूल्य ४७ करोड ७५ लाख भए पनि बस्नेतले पद्मा कोलोनीका नाममा १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ पद्मा कोलोनीमार्फत भुक्तानी दिलाएको पाइएको छ । राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार रुपैयाँमा यो कारोबार भएको छ । यसो गर्दा २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कारोबार गराएको र यसले राजस्वमा ठूलो नोक्सानी पुगेको अख्तियारको दाबी छ । यो काम गरेबापत बस्नेतले घुस तथा कमिसन पनि प्राप्त गरेको जिकिर अख्तियारको छ ।

उनले घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट र विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिएको पनि पाइएको अख्तियारले जनाएको छ । कतिसम्म भने प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत नगरप्रमुख बस्नेतले आफ्नै दस्तखतबाट गरेको पाइएको छ ।

छोराको विवाह भोजमा घुसमा
नागार्जुन नगरपालिका नगरप्रमुख बस्नेतले आफ्ना छोराको विवाह गराउन पनि घुस खाएको पाइएको छ । घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलले छोराको विवाह भोजको रकम तिरिदिएको फेला परेको छ । कँडेलले नगरप्रमुखका छोराको विवाह भोजमा शंकर होटलमा २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ तिरिदिएको र त्यो रकम घुसबापत भुक्तान गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ । नगरप्रमुखजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको छोराको विवाह भोजको रकम प्रत्यक्ष स्वार्थ जोडिएका विवादित व्यवसायीसँग घुस लिएको अख्तियारको निष्कर्ष छ ।

नगरप्रमुखको पद तथा ओहोदाको दुरुपयोग गरी घरजग्गा व्यवसायी कँडेलको स्वार्थमा काम गरिदिएबापत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ बैंक खातामार्फत घुस लिएको पाइएको अख्तियारका एक अनुसन्धान अधिकृतले बताए । अख्तियारका अनुसार ६ करोड ८२ लाख मूल्यबराबरको जग्गा नै बस्नेत दम्पतीले हात पारेका पाइएको छ ।

होटलमा तिरेको विवाह भोजको रकम, बैंकमा पठाइदिएको पैसा र जग्गासमेत गरी ९ करोड २२ लाख ४६ हजार रुपैयाँ नगरप्रमुख बस्नेतले भ्रष्टाचार गरेको हिसाब अभियोगपत्रमा उल्लेख छ ।

यस्तै, बस्नेत दम्पती र कँडेलले गैरकानुनी रकमको चलखेल गरेको, अवैध रकम लुकाएको र रुपान्तरण गरेको भन्दै तीनै जनाविरुद्ध थप १३ करोड रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ । बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई नागार्जुन नगरपालिकाको नगरप्रमुखमा विजयी भएका हुन् ।

सोमबार, माघ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.