• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

एसियाली राजमार्ग निर्माण तीव्र

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन १३
एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको छ ।

दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड र कञ्चनपुर–कमला खण्डमा निर्माणाधीन यस राजमार्गको ठेक्का सम्झौता भई काम सुरु भएको एक वर्षमा भौतिक प्रगति १२ प्रतिशत पुगेको छ । असारसम्म २० देखि २५ प्रतिशतसम्म काम सक्ने लक्ष्य छ ।

यो खण्ड निर्माणका लागि २०८० माघ १९ मा ठेक्का सम्झौता भएको थियो । निर्माण अवधि तीन वर्षको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा यो सडक निर्माण भइरहेको छ । एडिबीले ‘सासेक’ कार्यव्रmम अन्तर्गत अन्य एसियाली मुलुकहरूको राजमार्ग निर्माणमा पनि ऋण लगानी गरेको छ । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । सो पुलको लम्बाइ ७९० मिटर छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । अहिले पूर्व र पश्चिम गरी दुई खण्डमा काम भइरहेको छ । दुई वटै खण्डको कुल लम्बाइ ९५.७६ किलोमिटर छ ।

झापाको काँकडभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्डमा पर्छ । सीतापुरीदेखि सुनसरीको देवीखोलासम्म रहेको पश्चिमी खण्डको लम्बाइ ५०.७६ किलोमिटर छ ।

आयोजनाका प्रमुख इन्जिनियर जगत प्रजापतीले निर्माण गर्नुपर्ने पुलहरूको जग (फाउन्डेसन) को काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । पश्चिमी खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा नदीमा पुल निर्माण भइरहेको छ । त्यसै गरी यस खण्डमा ११ किलोमिटर सडकको ‘सब बेस’ को काम र २० वटा ‘कल्भर्ट’ निर्माण सम्पन्न भइसकेको छ । यो खण्डमा ४७ वटा ‘कल्भर्ट’ निर्माण गर्नुपर्ने छ । चालु आर्थिक वर्ष (२०८१/८२) मा १० किलोमिटरमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी उहाँले दिनुभयो ।

त्यसै गरी पूर्वी खण्डमा यसै आर्थिक वर्षभित्र कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोकपूर्व, इटहरी चोक र इटहरी चोकपश्चिममा ओभर पास निर्माण गरिने छ । निर्माणाधीन राजमार्गको ‘क्यारिज वे’ चार लेनको भए पनि सहरी क्षेत्रमा दुवैतिर ‘सर्भिस लेन’ र सडकपेटीसहित आठ लेनको हुने आयोजना प्रमुख प्रजापतीले जानकारी दिनुभयो । ठेक्का सम्झौता अनुसार निर्माण अवधि तीन वर्ष तोकिए पनि त्रुटि सच्याउने अवधि एक वर्ष र मर्मत सम्भारको अवधि पाँच वर्ष रहेको छ ।

‘एसियन हाइवे’ अन्तर्गत दुई राजमार्ग

नेपालको पूर्व पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछ । पूर्व पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । पूर्वसचिव अर्जुनजङ्ग थापाले भन्नुभयो, “एसियन हाइवेको विभिन्न स्ट्यान्डर्ड हुन्छन् । अहिले एसियन हाइवेमा परेका नेपालका दुई राजमार्ग ‘सी क्लास’ अन्तर्गत पर्दछन् । यी दुई राजमार्गलाई चार लेनमा विस्तार गरी मापदण्ड पूरा गरेपछि ‘ए क्लास’ मा स्तरोन्नति हुन्छ ।”

उहाँका अनुसार एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई बर्मा (म्यानमार), बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व पश्चिम राजमार्ग भएर वनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसै गरी एसियन हाइवेको रुट–२ अन्तर्गत भारतको रक्सौलबाट नेपालको वीरगन्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ । गोरखापत्रबाट साभार

मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.