• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मन्त्रालय र महानगरका आफ्नै अडान

  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित

एउटा कर्मचारीको विषयलाई लिएर सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका यतिखेर आमनेसामने भएका छन् । एउटा कर्मचारीको निरन्तरता वा सरुवाको विषय सङ्घीय सरकार र महानगरपालिकाका लागि जुँगाको लडाइँ जस्तै बनेको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तरता दिने अडानमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ भने उहाँलाई कुनै अवस्थामा हाजिर हुन नदिने अडानमा महानगरपालिका नेतृत्व रहेको छ । गुरागाईंलाई नै निरन्तरता दिन मन्त्रालयले बुधबार महानगरपालिकालाई पत्राचार गरेको छ भने उहाँलाई हाजिर नगराउने अडानसहित महानगरपालिकाले बिहीबार मन्त्रालयलाई जवाफी पत्राचार गरेको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले विगत करिब दुई महिनादेखि कार्यालयमा हाजिर नहुनुभएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निरन्तरता दिने मन्त्रीस्तरीय निर्णय भएकाले सोही अनुसार काठमाडौँ महानगरलाई मन्त्रालयले पत्राचार गरेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै बुधबार मन्त्रालयलाई पत्र लेख्नुभएको थियो । प्रवक्ता पराजुलीका अनुसार गुरागाईंको पत्र आउनेबित्तिकै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको थियो । गुरागाईंको पत्रमा उल्लेख थियो, “काठमाडौँ महानगरपालिकामा मैले काम गर्ने वातावरण पाइनँ । काम गर्ने वातावरण बनाइदिनुपर्‍यो । सहजीकरण गरिदिनुपर्‍यो ।” उहाँले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको, महानगर प्रमुखले कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनासमेत लगाउनुभएको पत्रमा उल्लेख छ ।

मन्त्रालय र महानगरपालिका आआफ्नो अडानमा कायमै रहेको अवस्थामा के विकल्प हुन सक्छ ? भन्ने जिज्ञासामा मन्त्रालयका सहसचिवसमेत रहनुभएका प्रवक्ता पराजुलीले भन्नुभयो, “अहिलेको अवस्थाको अन्त्यका लागि मन्त्रालयले छलफल गरी छिट्टै नै निर्णयमा पुग्छ ।”

महानगरपालिका आफ्नै अडानमा कायम

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुव काफ्लेले काठमाडौँ टावर निर्माण परियोजनामा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजनालगायत अन्य कार्यमा समेत नकारात्मक प्रभाव पर्नुका साथै कानुनी झन्झट पर्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगका लागि महानगरपालिकाले मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो ।

महानगरको २०८१ फागुन २२ गतेको प्रमुखस्तरीय निर्णयबाट सो पत्राचार गरिएको हो । महानगर प्रमुख बालेन्द्र साह (बालेन) का तर्फबाट महानरपालिकाका वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीद्वारा हस्ताक्षरित सो पत्र मन्त्रालय पठाइएको हो । पुरानो बसपार्कमा निर्माणाधीन टावर निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको महानगरले आरोप लगाउँदै आएको छ ।

विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा काठमाडौँ महानगरपालिकाको सम्पूर्ण काम प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा दैनिक प्रशासन र आर्थिक गतिविधि अवरुद्ध हुनुका साथै कर्मचारीको तलबसमेत रोकिएको छ । आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग मात्र हुन्छ । करिब २५ अर्ब रुपियाँ बजेट रहेको काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले मासिक दुई अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । तर, गएको पुस ८ गतेदेखि महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा उपस्थित हुनुभएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहनुभएका गुरागाईंलाई गत भदौ २७ गतेको मन्त्रीपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकामा सरुवा गरेको थियो ।

 

शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.