• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट

  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित

उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोड रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद भएपछि फेरि सुन तस्करीको गिरोह सक्रिय भएको खुलेको छ । मालवाहक ट्रकको ‘फल्स बटम’ मा राखेर तिब्बतको केरुङ लाने तयारीमा रहेको विदेशी मुद्रा काठमाडौँमै प्रहरीले बरामद गरेपछि तस्करी धन्दाको नयाँ शैली पनि देखिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रकभित्र फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ बराबरको विदेशी मुद्रा बरामद गरेको हो । प्रहरीले विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा नियुक्ति भएकै दिन सोमबार तस्करीको गिरोह प्रहरीको हात लागेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ठुलो परिणाममा विदेशी मुद्रा अवैध रूपमा ओसारपसार भइरहेको गोप्य सूचना पछ्याउने क्रममा सोमबार राति ११ बजे काठमाडौँको झोर क्षेत्रबाट लामालाई उक्त विदेशी मुद्रासहित पक्राउ गरिएको हो । अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले ट्रक खानतलासी गर्दा ट्रकभित्र फल्स बटम (ट्रकको बनावटभित्र अदृश्य खाली डिब्बा) बनाएर विदेशी मुद्रा राखिएको भेटियो । ट्रकचालक लामाले सो विदेशी मुद्रा तस्करी गरी नेपालबाट चीनको केरुङतर्फ लैजाने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुन किन्न विदेशी मुद्रा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय अनुसन्धान ब्युरोका पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीले नेपालमै २५ करोड रुपियाँभन्दा बढी विदेशी मुद्रा बरामद भएपछि सुन तस्करीको गिरोह फेरि जागेको पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विदेशी मुद्रा अन्यत्र होइन, सुनमै लगानी गर्न हो भन्न गाह्रो छैन । सबै विदेशी मुद्रा नेपालमै सङ्कलन भएको पनि होइन । भारत व्यक्तिगत सुन राख्ने दुनियाँको सबैभन्दा ठुलो देश हो । त्यसैले चीनबाट सुन ल्याउन नेपाल, चीन र भारतकै गिरोहले लगानी गरेको देखिन्छ । विशेषतः पहिलादेखि गिरोहका नेपाली सदस्यले सहजकर्ताको भूमिकामा रहने र थोरै लगानी गर्ने गरेको पाइने गरेको छ ।” उहाँका अनुसार भारतका बजारमा सुनको माग बढी र भारत सरकारले दिने सुनको परिमाण कम छ । उहाँले भन्नुभयो, “त्यसैले भारतमा सुन बाहिरबाटै आउँछ । भारतमा सुन जाने बाटो नेपाल र बङ्गलादेश हो तर यो बिचमा नेपालमा तस्करी गिरोहले प्रभाव बढाएको हो कि भन्ने आशङ्का यो परिणामको पैसाले देखायो ।”

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष एवं सल्लाहकार मणिरत्न शाक्यका अनुसार नेपाली बजारमा बढी मात्रामा सुनको माग छैन । उहाँले भन्नुभयो, “नेपाली सुनचाँदी व्यवसायीले ज्याला लिएर आफ्नो व्यवसाय सञ्चालन गर्ने हो । जुनसुकै कामका लागि होस्, यति धेरै विदेशी मुद्रा बरामद हुनुले गम्भीर भएर सोच्नु चाहिँ पर्छ ।”

अभियुक्त सुन तस्करीमा संलग्न

विदेशी मुद्रासहित पक्राउ परेका लामा २०७३ पुस १३ गते राजस्व छली गरेको सात केजी सुनसहित पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ । अभियुक्त लामाबाट सोमबार बरामद रकम पनि सुन खरिद गर्न चीनतर्फ लैजान लागेको हुन सक्ने अनुमान रहेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.