• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सङ्घीय निजामती विधेयक : बिउँतिँदै अतिरिक्त सचिवको व्यवस्था

  •   शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित

अतिरिक्त सचिवको दरबन्दी रहने गरी सङ्घीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले तयार पारेको छ । फागुन १२ गतेदेखिको गोप्य छलफलपछि उपसमितिले विधेयकको प्रतिवेदन समितिमा पेस गरेको हो । कुलिङ परियड, ट्रेड युनियनको व्यवस्थालगायतका केही विषयमा थप छलफल गर्ने गरी उपसमितिले प्रतिवेदन समितिमा बुझाएको छ ।

मुलुक सङ्घीय संरचनामा गएको झन्डै दशकपछि सङ्घीय संरचना अनुकूल कर्मचारी कानुन संसदीय उपसमितिमा सहमति भएको हो । दुवै सदनबाट पारित भएपछि कानुन कार्यान्वयनमा आउने छ । प्रतिनिधि सभाको २०७४–०७९ को कार्यकालमा समितिले प्रतिवेदन पारित गरिसकेको अवस्थामा विधेयक फिर्ता भएको थियो ।

उपसमितिले अतिरिक्त सचिवमा सहमति गरे पनि दरबन्दी सङ्ख्या यकिन गरेको छैन । २०५९ पछि पुनः अतिरिक्त सचिवको व्यवस्था बिउँत्याइएको हो । पटक पटक परीक्षण भई खारेज गरिएको व्यवस्था पुनः लागु गर्न लागिएको हो । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा तीन महिनामा सङ्ख्या यकिन गर्ने सैद्धान्तिक सहमति भने उपसमितिले गरेको छ ।

उपसमिति संयोजक दिलेन्द्रप्रसाद बडूले तीन महिनामा सङ्ख्यालगायतका अन्य व्यवस्थापकीय विषयमा गृहकार्य हुने गरी सैद्धान्तिक समझदारी बनेको बताउनुभयो । बडूले भन्नुभयो, “अतिरिक्त सचिव रहने सहमति भएको छ । हामीले केही कार्यालय र विभागमा अतिरिक्त सचिव राख्ने सहमति गरेका छौँ तर कति र कहाँ भन्ने विषय सर्वेक्षणबाटै टुङ्गो लाग्ने छ ।”

बडूका अनुसार तथ्याङ्क कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रस्ट, जल तथा ऊर्जा आयोगको सचिवालय जस्ता कार्यालय तथा निकायमा अतिरिक्त सचिव रहने छन् । यस्तै सङ्घीय सरकारका विभिन्न विभागमा पनि अतिरिक्त सचिव रहने छन् ।

अतिरिक्त सचिव प्रदेशमा पठाउने वा नपठाउने विषय भने उपसमितिले समितिमा थप छलफल गर्ने गरी प्रतिवेदन बुझाएको छ । उक्त विषयमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे र सङ्घीय समाजवादी पार्टीका प्रकाश अधिकारीको फरक मत छ । प्रदेशमा मन्त्रालयको सङ्ख्या फेरबदल भइरहने भएकाले अतिरिक्त सचिव प्रदेश पठाउन उपयुक्त नहुने तर्क अन्य दलहरूको छ । सरकारले प्रस्ताव गरेको मूल विधेयकमा भने अतिरिक्त सचिवको व्यवस्था राखिएको थिएन ।

यस्तै प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित सेवाकै हुने छन् तर पदपूर्तिलगायतका व्यवस्था नहुँदासम्म दस वर्षका लागि सङ्घबाटै कर्मचारी खटिन सक्ने व्यवस्था उपसमितिले गरेको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्षको दबाबपछि उपसमितिले उक्त व्यवस्थामा सहमति गरेको हो । सङ्घीय लोक सेवा आयोगले भने प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत सङ्घकै हुनुपर्ने सुझाव दिएको थियो ।

कुलिङ पिरियडको निर्णय समितिबाटै

अवकाश प्राप्त कर्मचारी सरकार तथा गैरसरकारी सेवामा जानका लागि न्यूनतम समयसीमा तोक्नुपर्ने उपसमितिमा सहमति भएको छ तर फरक फरक राय प्राप्त भएको भन्दै उपसमितिले उक्त विषयलाई थप छलफलका लागि समितिमा पठाएको छ ।

उपसमितिले संवैधानिक आयोगलगायतका सरकारी नियुक्तिमा एक वर्षको समयसीमा तोक्न प्रस्ताव गरेको छ । विदेशी सङ्घसंस्थाको जागिरको हकमा दुई वर्षको समयसीमा प्रस्तावित छ । यस्तै उपसमितिले सङ्घीय निजामती सेवामा सहसचिवको खुला प्रतिस्पर्धा हटाएको छ ।

कुल दरबन्दीको दस प्रतिशत खुलाबाट पदपूर्तिको प्रस्ताव सरकारले गरेको थियो । संसदीय समितिले उक्त व्यवस्था हटाएको हो । उपसचिवसम्मको दस प्रतिशत खुला प्रतिस्पर्धा यथावत् राखिएको छ । अन्तर तह प्रतिस्पर्धा सबैका लागि खुला गरिएको छ ।

ट्रेड युनियन यथावत्

कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था यथावत् राख्न उपसमितिमा सहमति भएको छ । सरकारले गरेको प्रस्ताव अनुसार नै उपसमितिले पनि विधेयक अघि बढाएको हो । उपसमितिले उक्त विषय थप छलफल गर्न समितिलाई सुझाव पनि दिएको छ । निजामती सेवामा तह र श्रेणी दुवै प्रणाली रहने भएको छ । प्रदेश र स्थानीय सेवामा अहिले तहगत प्रणाली कायम छ । सङ्घमा भने दुवै प्रणाली प्रचलनमा रहने भएको हो ।

कर्मचारी अवकाशको उमेर अब ६० वर्ष हुने गरी उपसमितिले प्रतिवेदन बुझाएको छ तर कार्यान्वयनको मोडालिटीबारे भने समितिमा थप छलफल हुने छ । उपसमितिमा लोक सेवा आयोगले समेत लिखित र मौखिक रूपमा फरक फरक राय दिएपछि समितिमा थप छलफलको सुझाव उपसमितिले दिएको हो ।

मुख्य सचिव र सचिवको कार्यकाल एक/एक वर्ष घटाउने गरी प्रतिवेदन तयार भएको छ, जस अनुसार अब मुख्य सचिवको कार्यकाल दुई र सचिवको चार वर्षमा सहमति भएको छ । सेवा प्रवेशमा महिलाको उमेरलाई घटाइएको छ । सरकारले प्रस्ताव गरेको ४० वर्षलाई उपसमितिले ३९ वर्ष बनाएको छ ।

समावेशी आरक्षण अब ४९ प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ । अहिलेको ४५ प्रतिशतलाई ४९ प्रतिशत पुर्‍याइएको हो । कुल समावेशी कोटाको ५० प्रतिशत महिलाका लागि छुट्याइने छ । थारू र मुस्लिमलाई संवैधानिक व्यवस्था अनुसार मधेशी क्लस्टरबाट फरक गरिएको छ । सरुवा र बढुवालाई भौगोलिक क्षेत्र अनुकूल हुने गरी अनिवार्य र चक्रीय गर्ने प्रस्ताव उपसमितिको छ ।

शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.