• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आजदेखि बजेट अधिवेशन सुरु

  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १२
सङ्घीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरु हुन लागेको हो । दुवै सदनको अधिवेशनको पहिलो बैठक शुक्रबार १ बजे सुरु हुने छ । अधिवेशनको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लाग्नुभएको हो ।

शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो । विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।

नीति कार्यक्रम वैशाख १९ मा

यस्तै यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वैशाख १९ गते नीति तथा कार्यक्रम पेस गर्ने तयारीबारे जानकारी दिनुभएको थियो ।

यस्तै अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा पनि छलफल हुने छ । सरकारले वैशाख अन्तिम साता सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र सिद्धान्त प्राथमिकताको छलफल सकिएपछि सङ्घीय संसद्मा वार्षिक बजेट पेस हुने छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेस हुने छ ।

प्राथमिकतामा दुई विधेयक

बजेटका नियमित कामसँगै अधिवेशनमा विद्यालय शिक्षा, सङ्घीय निजामतीलगायतका विधेयकलाई प्राथमिकतामा राखिएको छ । शिक्षक आन्दोलदनको माग सम्बोधनका लागि विद्यालय शिक्षा विधेयक पारित बजेट अधिवेशनमै गर्ने सरकारको तयारी छ । विधेयक अहिले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफल भइरहेको छ ।

यस्तै निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । समिति अन्तर्गतको उपसमितिले तयार पारेको विधेयकको प्रतिवेदन समितिमा पेस भई छलफलको चरणमा छ । अनिवार्य अवकाशको उमेरहद, कुलिङ पिरियडलगायतका विषयमा मतभिन्नताका कारण समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन ।

यस्तै अधिवेशनमा सङ्घीय संरचनाको प्रहरी सङ्गठनका दुई विधेयक पनि विचाराधीन छन् । सरकारको प्राथमिकतामा प्रहरी विधेयक पनि छ । सङ्घीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन छन् । अघिल्लो अधिवेशनमा नौ वटा विधेयक पारित भएकामा आउँदो अधिवेशनमा पनि सोही हाराहारीमा विधेयकका प्रतिवेदन तयार भइसकेका छन् । आउँदो अधिवेशनमा ती प्रतिवेदन पेस र पारित हुने छन् ।

नेपाल हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक पनि समितिमा विचाराधीन छन् । धितोपत्र, निर्माणमुखी सामग्री, भन्सार, निकासी पैठारीलगायतका विधेयक पनि विचाराधीन छन् । यस्तै नेपाल कानुन व्यवसायी परिषद्, सामाजिक सञ्जाल, विधि विज्ञान प्रयोगशाला, पानीजहाज विधेयक पनि विचाराधीन छन् ।

शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.