• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

६३ खर्ब लगानी आवश्यक

  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित

काठमाडौँ, जेठ २२ । आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन पुर्‍याउने महत्वाकाङ्क्षी लक्ष्यसहितको विद्युत् विकास मार्गचित्र निर्माण गरिए पनि लगानीका सन्दर्भमा भने प्रस्ट कार्ययोजना बन्न सकेको छैन । लक्ष्य अनुसार परियोजना सम्पन्न गर्न ६३ खर्ब ४७ अर्ब रुपियाँ लगानी हुने मार्गचित्र बनाइए पनि सो लगानी सुनिश्चित हुने आधार देखिन सकेको छैन । साथै लक्ष्य पूरा गर्न सहज हुने विद्युत् ऐन पनि निर्माण हुन बाँकी नै छ ।

अहिले तीन हजार पाँच सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने मार्गचित्रको लक्ष्यमा पुग्न आगामी १० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ ।

विद्युत् विकासका सन्दर्भमा पर्याप्त कानुन नहुँदा लगानी र मार्गचित्र कार्यान्वयनमा अलमल देखिएको हो तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य लगानी जुटाउन सरकारले सहजीकरण गर्ने बताउनुहुन्छ । मन्त्रालयका अनुसार नयाँ विद्युत्सम्बन्धी विधेयक अहिले संसद्मा छलफलको चरणमा छ । ऐन जारी भएपछि विद्युत् विकास मार्गचित्र कार्यान्वयनका धेरै जसो समस्या समाधान हुने ऊर्जा मन्त्रालयको विश्वास छ ।

सरकारले ४६ अर्ब ५० करोड अमेरिकी डलर (६३ खर्ब ४७ अर्ब रुपियाँ) लगानी गरेर २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । जसमा सरकारका तर्फबाट छ अर्ब, आन्तरिक स्रोत निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्थाबाट १० अर्ब, जलवायु वित्त पोषणबाट दुई अर्ब, गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट १२ अर्ब र वैदेशिक लगानी, अनुदान तथा ऋणबाट आठ अर्ब ५० करोड डलरलगायत जलविद्युत्को विकासका लागि स्रोत जुटाउने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राविधिकबाट हुने आठ अर्ब डलर लगानी सुनिश्चित छ । मन्त्रालयका अनुसार ४६ अर्ब ५० करोड डलरमध्ये १२ अर्ब डलरभन्दा माथि लगानी सुनिश्चित भइसकेको छ ।

‘लगानीको वातावरण बनाउनु पर्छ’

साना जलविद्युत् विकास सङ्घ नेपालका अध्यक्ष एवं वरिष्ठ जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी निजी क्षेत्रलाई लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । त्यसै गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख कार्यकारी (सिइओ) भीम गौतम निजी क्षेत्रसँगको नीतिगत, कानुनी र संस्थागत सहजीकरणले मात्र सरकारको जलविद्युत् मार्गचित्र पूरा हुने बताउनुहुन्छ ।

जलविद्युत् अभियन्ता भण्डारीका अनुसार सरकारको महत्वाकाङ्क्षी योजना पूरा गर्न सोही अनुसारको दृढ लक्ष्य र लगानी सुनिश्चित हुनु पर्छ । उहाँले जलविद्युत् निर्माणसँगै सडक निर्माण, ट्रान्समिसन लाइनसहितका पूर्वाधार चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “१० वर्षमा पटक पटक गरी लगानी गर्ने हो । वैदेशिक लगानी, अनुदान र सहुलियत ऋणबाट निर्माण गर्न सकिन्छ । निजी क्षेत्रलाई विश्वासमा लिन सकिएमा मात्र लक्ष्य पूरा हुन्छ । विद्युत् विकास मार्गचित्र आयो तर यसको कार्यान्वयनको विस्तृत अवधारणा आएको छैन । कार्यतालिकासहितका मार्गचित्र आउनु पर्छ ।”

इप्पानका सिइओ गौतमले जलविद्युत् ऊत्पादनपछि प्रसारण लाइन र वितरणका लागि पनि ठुलो लगानी आवश्यक पर्ने बताउनुहुन्छ तर सरकारको प्रस्ट नीति र दृष्टिकोणले लक्ष्यमा पुग्न सजिलो हुन सक्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यो लक्ष्य पूरा गर्न असम्भव छैन तर सरकारले निजी क्षेत्रलाई लगानी आकर्षण गर्न सक्ने वातावरण बनाउनु पर्छ ।’’ अहिलेको कुल तीन हजार पाँच सय मेगावाट विद्युत्मध्ये निजी क्षेत्रले मात्र दुई हजार आठ सय मेगावाट विद्युत् उत्पादनमा लगानी गरेको छ । उत्पादित जलविद्युत् तथा निर्माणाधीन आयोजनामा निजी क्षेत्रको ३० खर्ब रुपियाँ लगानी भइसकेको छ ।

निर्यात १५ हजार मेगावाट

ऊर्जा सचिव आचार्यका अनुसार १० वर्षमा २५ हजार मेगावाट उत्पादन गरेर १० हजार मेगावाट भारतलाई निर्यात गर्ने र पाँच हजार मेगावाट बङ्गलादेशलाई दिने तयारीमा सरकार रहेको छ । उहाँले १३ हजार पाँच सय मेगावाटलाई आन्तरिक खपत वृद्धि गरी अर्थतन्त्रलाई क्रियाशील बनाउने लक्ष्य छ । देशमा विद्युत् र विद्युत्सँग जोडिएका उद्योगलाई बढी प्रवर्धन गर्ने, ऊर्जा खपत गर्ने उद्योग स्थापना गर्ने, अन्तरसहरमा विद्युतीय सवारीसाधन प्रवेश गराउने र घरघरमा विद्युत् उपयोग गर्ने गरी योजनाबद्ध काम अघि बढाइनेलगायतका योजना अगाडि सारिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले अहिले २८२ आयोजना निर्माणका विभिन्न चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार प्राधिकरण तथा निजी क्षेत्रबाट अहिले निर्माणाधीनसमेतका आयोजनाबाट केही वर्षमै १२ हजार मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणको विद्युतीकरण पहुँच भएका वडाका आधारमा ९५ प्रतिशत क्षेत्रमा विद्युत्को पहुँच विस्तार भएको छ ।

बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.