• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चार परियोजनाको लगानी स्वीकृत, यस्तो हुने छ मुक्तिनाथ केबुलकार

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित

काठमाडौँ, जेठ २३। लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको ६४ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

स्वीकृत परियोजनामध्ये सबैभन्दा ठुलो ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबुलकार परियोजनाको ५७ अर्ब ६४ करोड रुपियाँ लगानी स्वीकृत भएको छ । त्यस्तै बोर्ड बैठकले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् परियोजना, ४४ मेगावाटको बकान खोला जलविद्युत् परियोजना र ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युत् परियोजनाका लागि गरी जम्मा ५९ अर्ब ७६ करोड रुपियाँ लगानी स्वीकृत गरिएको बोर्डको कार्यालयले जनाएको छ ।

बैठकले मुक्तिनाथ केबुलकार परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) को सर्तलगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि  गठन गर्ने निर्णय गरेको छ ।

बैठकले लगानी बोर्डको कार्यालयमा प्राप्त आइसिटी (सूचना तथा सञ्चार प्रविधिसम्बन्धी) पार्क परियोजनालाई स्विस च्यालेन्जको अवधारणा अनुरूप प्रतिस्पर्धा गराई अघि बढाउने निर्णय पनि भएको छ । साथै बोर्ड बैठकबाट निजी लगानीको प्रस्तावका रूपमा मधेश प्रदेश, जनकपुरमा प्रस्तावित प्रशोधित खानेतेल परियोजनाको प्रस्तावक कम्पनीसँग समझदारी गरी अध्ययन गर्न सहमति प्रदान गर्ने र सोको आवश्यक मूल्याङ्‍कनका लागि एक कार्यदल गठन गर्ने निर्णय भएको जनाइएको छ ।

त्यस्तै बैठकले आठ सय मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको भारतीय जलविद्युत् कम्पनी एनएचपिसीले बुझाएको अन्तिम विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिएको छ । सो परियोजना सम्बन्धमा विभिन्‍न वित्तीय ढाँचाबारे थप अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसै गरी बैठकबाट नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्य गर्न कोरियन रेलरोड कर्पोरेसनसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृतिका लागि मन्त्रीपरिषद्‌मा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरेको कार्यालयले जनाएको छ ।

यस्तो हुने छ मुक्तिनाथ केबुलकार

इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्र्याक्ट र लगानी (इपिसिएफ) मोडलमा यो केबुलकार बनाउन करिब ४४ अर्ब रुपियाँ लगानी गर्ने गरी भारतीय कम्म्पनी के एन्ड आर इन्जिनियरिङसँग समझदारी पनि भएको थियो ।

कम्पनीका अध्यक्ष अरुण सुवेदीका अनुसार प्रशासनिक ढिलासुस्तीका कारण सो समझदारीको समयसीमा गुज्रिसकेको छ । अब स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाटै ऋण लगानी गराउन पनि पहल गरिने उहाँले बताउनुभयो । “प्रक्रियागत ढिलासुस्तीका कारण हामीले लक्ष्य अनुसार समयमा काम गर्न पाएनौँ,” उहाँले भन्नुभयो, “ढिलै भए पनि सरकारले परियोजनाको काम अघि बढाउन स्वीकृति दिएको छ, अब हामी लगानीका लागि नयाँ र उपयुक्त विकल्पमा छलफल गर्ने छौँ ।”

१७ खण्ड हुने सो केबुलकारमा १९ वटा स्टेसन हुने छन् । यीमध्ये तीन वटा प्राविधिक स्टेसन मात्र हुने छन् ।  यीमध्ये आठ वटा स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने हुन्छ । पाँच स्टेसनमा अत्यावश्यक भए मात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था रहने बताइएको छ । केबुलकारमा ७७६ वटा डिब्बा (गोन्डोला) राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबुलकार समुद्री सतहबाट एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्ने छ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केबुलकार योजनाको  छ ।

प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबुलकारका डिब्बाले मुक्तिनाथसम्म पुग्न केबुल तीन घण्टा ३६ मिनेट लगाउने छ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुने छन् । आयोजना निर्माणका लागि इटालियन कम्पनीले रोप्स र डोपलमेयरले परामर्शदाताको काम गर्ने छन् । अन्तर्राष्ट्रिय अनुभवी कम्पनी भएकाले यो केबुलकारमा उपकरणहरू डोपलमेयरकै प्रयोग हुने जनाइएको छ ।

शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.