• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

‘होमस्टे’ मार्फत पर्यटक आकर्षित गर्दै ह्याङ्जाकोट

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित

कास्की ,आषाढ २२ । बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी । आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृश्यसँगै वरपर हरियाली जङ्गल । त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन ।

हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने । त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ ह्याङ्जाकोट सामुदायिक ‘होमस्टे’ (घरबास) का विशेषता हुन् यी । त्यसमा यहाँ पुग्ने स्वदेशी तथा विदेशी पाहुनाको स्वागतमा पञ्चेबाजासहित फूलमाला लिएर पर बाटैसम्म पुग्ने सञ्चालक र गाउँवासीहरूको शैली थप हेर्न लायक हुन्छ ।

पोखरा महानगरपालिका–१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे«े गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि बढेपछि ह्याङ्जाकोट पुग्न सकिन्छ । पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ । ५० घर रहेको बस्तीका १२ घरमा ८० जना पाहुना अट्ने गरी होमस्टे सञ्चालनमा छ ।

विसं २०६४ बाट सञ्चालनमा ल्याइएको उक्त सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो । त्यसपछि यहाँको महत्त्व थप बढेको छ ।

ह्याङजाकोटबाट कुमारी माछापुच्छ्रे« सहित अन्नपूर्ण, लमजुङलगायत हिमाल मात्र हैन, छिमेकी गाउँ ल्वाङको चियाबारी समेत यहाँबाट सजिलै दृश्यावलोकन गर्न सकिन्छ । गाउँबाट माछाको पुच्छर आकारको माछापुच्छ्रे« नजिकै देखिनुका साथै यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्ने भएकाले पर्यटकीय मौसममा विदेशी पर्यटकको भीड लाग्ने गर्छ ।

होमस्टेका अध्यक्ष ईश्वर गुरुङ आन्तरिकले पर्यटक ढिँडो, लोकल कुखुरा, रक्सीलगायत खाना मन पराउनुको साथै साँझ सांस्कृतिक कार्यक्रममा खुसी मानेर नाच्ने गरेको सुनाउँछन् । उनका अनुसार यहाँका समग्रमा रु एक हजार मूल्य पर्ने ‘प्याकेज’ बनाइएको छ । त्यसमा स्वागत सत्कार, स्थानीय रूपमा उत्पादित रैथाने बाली कोदो, गाउँमै उत्पादन भएको साग, आलु, लोकल कुखुरा, खाजा, रात्रिको खान, एक रातको बासलगायत सुविधा छन् ।

स्थानीय पर्यटन व्यवसायी हर्क गुरुङले गाउँमा पर्यटक बढेसँगै ठूला होटलहरू निर्माण हुने क्रमसमेत बढ्दै गएको बताए । ह्याङ्जाकोटदेखि तीन किमी पूर्वको धिताल गाउँमा अर्बौँ खर्चेर दुई होटल निर्माण हुन लागेका उजले बताए । “ह्याङ्जाकोटले होमस्टेको विकास गर्दै अगाडि बढ्न खोजेको छ, । यसले खुसी नै दिएको छ, तर तीन सय वर्ष पुरानो इतिहास बोकेको यस गाउँका अधिकांश परिवार पोखरा तथा काठमाडाैँमा बसाइँ सर्दा गाउँ नै खाली हुने चिन्ता छ”, गुरुङले भने ।

ह्याङ्जाकोट सामुदायिक होमस्टे १० नं का सञ्चालक सुन्दर गुरुङले वर्षातको समयमा पर्यटक आवागमन केही कम भए पनि अन्य मौसममा भने भरिभराउ हुने गरेको बताए । गाउँमा पानी, बत्ती र सञ्चारको सुविधा पुगेकाले हाल पर्यटक आनन्दसँग बस्ने गरेको उनले बताए ।

होमस्टे सञ्चालक कुमार गुरुङले सुरुमा २० घरमा सञ्चालन गरिएको घरबास कार्यक्रम अधिकांश परिवार बसाइँ सरेर गएका कारण हाल १२ घरमा सीमित हुन पुगेको जानकारी दिए । उनले भने, “रमणीय गाउँ भए पनि यहाँबाट बसाइँ सरेर जाने क्रम रोकिएको छैन । यसलाई रोक्न सके गाउँको रौनकै अर्को हुन्थ्यो ।”

आइतबार, असार २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.