• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो

  •   शनिबार, साउन १७, २०८२ मा प्रकाशित

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभई बाहिरबाट आयात गरेर प्रशोधन र प्याकिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वाभाविक रूपमा बढेको देखिएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा भटमास तेलको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । नेपालले गत वर्ष गरेको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८ दशमलव ५ प्रतिशत छ । कुल रू दुई खर्ब ७७ अर्बको निर्यात गर्दा भटमास तेलको हिस्सा मात्रै रू एक खर्ब छ अर्ब ७९ करोड बराबर छ ।

यस्तै, सूर्यमुखी तेलको निर्यातमा सात हजार ४३६ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ३३ करोड पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । केन्द्रका अनुसार गत आवमा धागोको निर्यातमा १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ४० करोड पुगेको छ । ऊनी गलैँचाको निर्यातमा पनि एक दशमलव ९३ प्रतिशतले वृद्धि भई रु १० अर्ब ७८ करोड पुगेको छ । विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा जुट तथा जुटका उत्पादनको निर्यातमा १६ दशमलव ८१ प्रतिशतले वृद्धि भई रु आठ अर्ब २३ करोड पुगेको भएको छ । यस्तै, ऊनी फेल्टको निकासीमा ७१६ प्रतिशतले बढेर रू पाँच अर्ब १४ करोड पुगेको छ । यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि २६ दशमलव ६४ प्रतिशतले वृद्धि भई रू चार अर्ब ५९ करोड पुगेको छ । पिना (आयल केक) को निर्यातमा २२ दशमलव ८० प्रतिशतले वृद्धि भई रू तीन अर्ब ६३ करोड पुगेको केन्द्रले जनाएको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा गत आर्थिक वर्षमा मात्रै ११७ दशमलव ८ प्रतिशतले वृद्धि भई रू दुई खर्ब २४ अर्ब ६८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७ दशमलव ७१ प्रतिशत रहेकामा गत आवमा सो हिस्सा ८१ दशमलव १० प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अस्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरलेण्ड्स र अफगानिस्तान प्रमुख रूपमा रहेका छन् ।

यसैगरी आयाततर्फ पनि सबैभन्दा बढी वृद्धि देखिएको वस्तुमा कच्चा भटमास तेल पहिलो स्थानमा छ । गत आवमा कच्चा भटमास तेलको आयातमा ७११ दशमलव ९६ प्रतिशतले वृद्धि भई रु एक खर्ब आठ अर्ब ९५ करोड पुगेको छ ।

गत आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातमा चार दशमलव २९ प्रतिशतले ह्रास आई रु दुई खर्ब ८७ अर्ब ६५ करोडमा झरेको छ । फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १० दशमलव १८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ६२ अर्ब ५० करोड पुगेको छ । मेसिनरी तथा पाटपुर्जाको आयातमा १२ दशमलव ९८ प्रतिशतले वृद्धि भई रु एक खर्ब २४ अर्ब १५ अर्ब पुगेको छ ।

यस्तै, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयातमा पाँच दशमलव ६८ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा २७ दशमलव २६ प्रतिशतले वृद्धि भई रु एक खर्ब नौ अर्ब १२ करोड पुगेको छ । कच्चा पाम तेलको आयातमा भने ३५ दशमलव ६८ प्रतिशतले ह्रास आई रु छ अर्ब ८२ करोडमा सीमित भएको छ ।

यसैगरी, गत आर्थिक वर्षमा अन्नको आयातमा ३२ दशमलव ७२ प्रतिशतले वृद्धि भई रु ६० दशमलव ७८ अर्ब पुगेको छ भने तयारी पोसाकको आयातमा १६ दशमलव ७९ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब पुगेको छ । गत आवमा रू ४३ अर्ब ०८ करोड बराबरको दूरसञ्चारका सामग्री र रू १९ अर्ब ९५ करोड बराबरको सुन आयात भएको पनि केन्द्रले जनाएको छ । नेपालको पैठारी व्यापारमा प्रमुख स्थानमा रहेका मुलुकहरूमा भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, युएई, युक्रेन, अस्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिल, फ्रान्स, कतार र क्यानडा प्रमुख रूपमा रहेका छन् ।

केन्द्रको तथ्याङ्कअनुसार गत आवमा नेपालको कुल वैदेशिक व्यापार ९वस्तुतर्फ० अघिल्लो वर्ष २०८०र८१ को तुलनामा १९ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । कुल व्यापारमा निकासीको योगदान १३ दशमलव तीन प्रतिशत र पैठारीको योगदान ८६ दशमलव सात प्रतिशत रहेको छ । भटमास र सूर्यमुखी तेल निर्यात बढ्दा गत आवमा नेपालको कूल निकासी ८१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७७ अर्ब तीन तीन करोड पुगेको छ । त्यस्तै, गत आवमा नेपालले कुल रू १८ खर्ब चार अर्ब १२ करोड बराबरको वस्तु आयात गरेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा निकासी र पैठारी दुवैमा वृद्धि हुँदा व्यापार घाटामा छ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा रु १५ खर्ब २७ अर्ब नौ करोड पुगेको केन्द्रले जनाएको छ ।

शनिबार, साउन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.