• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

दोब्बर महँगियो दसैँका लागि हवाई टिकट

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ ।

दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ । सुगमका गन्तव्यको टिकट शुल्कसमेत झन्डै दोब्बर पुगिसकेको छ । वायुसेवा कम्पनीका अनुसार अहिले विभिन्न गन्तव्यका ४० प्रतिशत हवाई टिकट ‘बुक’ भइसकेका छन् । तुम्लिङटार, लुक्ला, सिमकोट, डोल्पा, रुम्जाटार, भोजपुर, खानीडाँडालगायतका दुर्गमका गन्तव्यमा महँगो शुल्क तिरेरसमेत टिकट पाउन मुस्किल भइसकेको छ ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले भन्नुभयो, “दसैँ आउन करिब एक महिना बाँकी हुँदै काठमाडौँबाट सुगमतर्फका ४० प्रतिशत उडान बुक भइसकेका छन् । दुर्गमतर्फ तुम्लिङटारमा सबै हवाई टिकट बिक्री भइसकेका छन् ।” देशविदेशबाट विभिन्न गन्तव्यतर्फ हवाई टिकटको बुकिङ बढेसँगै टिकटको मूल्यसमेत बढ्दै गएको छ । अग्रिम टिकट लिने हवाई यात्रुको सङ्ख्या बढेसँगै सिटको उपलब्धता कम र टिकटको मूल्य बढ्दै जाने उहाँले जानकारी दिनुभयो ।

दुर्गमका विमानस्थलमा उडान गर्ने जहाज कम हुँदा हवाई टिकट पाउन मुस्किल हुने गरेको छ । वायुसेवा कम्पनीले सुगम भेगमा पर्याप्त मात्रामा ठुला जहाज थपे पनि भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतका गन्तव्यमा यात्रा गर्न यात्रुले बर्सेनि महँगो हवाई भाडा तिर्न बाध्य हुँदै आएका छन् ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले दसैँलक्षित यात्राका लागि करिब ५० प्रतिशत यात्रुले टिकट होल्ड र बुक गरिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँलाई मात्र भनेर खुलाउने गरिएको छैन । वायुसेवा कम्पनीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले टिकटको माथिल्लो दर तोकिदिएको हुन्छ । उक्त दरभित्र रहेर कम्पनीले विभिन्न दरमा टिकट राखेका हुन्छन् । सामान्यतया एक/दुई महिनाअगाडि नै टिकट लिँदा सस्तो दरको टिकट हात पर्ने भए पनि त्यसपछि भने महँगो दरको टिकट मात्र बाँकी रहन्छ ।

यात्रुले अन्य समयमा हवाई कम्पनीका प्रवर्धनात्मक उडान दरमा यात्रा गर्ने गरेकाले टिकटको मूल्य सस्तो हुने भए पनि चाडबाडको समयमा भने यात्रु उपलब्धता बढ्दै जाँदा टिकटको मूल्य मागका आधारमा बढ्दै जाने उहाँले बताउनुभयो ।

अन्य बेला दुवैतर्फ यात्रु समान हुने भए पनि दसैँका बेला हवाई भाडा बढ्नुमा काठमाडौँबाट बाहिर जाने यात्रु बढी हुने र रित्तो जहाज फर्काउनुपर्ने अवस्थाका कारण हवाई भाडा महँगो हुने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई टिकटको मूल्य वायुसेवाको लागत, वायुसेवा सञ्चालन, इन्धनको मूल्य, इन्जिन वेलको मूल्य, प्रशासनिक खर्चलगायतका आधारमा हुने गरेको बताउँदै वायुसेवा कम्पनीले हवाई भाडा प्राधिकरणबाट स्वीकृत गरेको भाडा दरलाई सस्तोदेखि महँगोसम्म तय गरेर राख्नसक्ने बताउनु भयो ।

सरकारले २०७३ सालदेखि लागु गरेको हवाई भाडाको न्यूनतम र उच्चतम सीमाभित्र रहेर वायुसेवा कम्पनीले आफ्नो व्यावसायिक रणनीतिबमोजिम भाडा दरलाई विभिन्न वर्गमा वर्गीकरण गरी भाडा दर निर्धारण गर्न सक्ने भएपनि तोकिएभन्दा बढी शुल्क लिएको भेटिए कारवाही हुने उहाँको भनाइ छ ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.