• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

स्वास्थ्य बीमा नवीकरण नगरे चर्को शुल्क

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

स्वास्थ्य बीमा बोर्डले समयमा स्वास्थ्य बीमा नवीकरण नगर्ने बिमित परिवारका लागि चर्को शुल्क लाग्ने जनाएको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत सूचना अधिकारी विकेश मल्लले एकपटकको अवसर दिँदै आगामी २०८२ असोज मसान्तसम्म नवीकरण गरेमा कुनै पनि थप शुल्क नलाग्ने बताएका छन् ।
उनले बोर्डले बिमित परिवारलाई निर्धारित समयभित्रै नवीकरण गरी स्वास्थ्य सेवामा लिन आग्रह गरेका छन्।

उनका अनुसार असोज मसान्तपछि लाग्ने नयाँ विलम्ब शुल्कको व्यवस्था

  1. म्याद गुज्रेको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको दश प्रतिशत थप ।
  2. त्यसपछि, छ महिनाभित्र नवीकरण गरेमाः योगदान रकमको तीस प्रतिशत थप
  3. छ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमाः योगदान रकमको पचास प्रतिशत थप
  4. एक वर्ष पश्चात नवीकरण गरेमाः शत प्रतिशत (दोब्बर) रकम थप।
  5. दुई वर्ष पश्चात नवीकरण गरेमाः योगदान रकमको तीन गुणा बराबरको रकम
  6. तीन वर्ष पश्चात नवीकरण गरेमाः योगदान रकमको चार गुणा बराबरको रकम

जस्तै, वार्षिक ३,५०० सय योगदान गर्ने परिवारका लागि:

यदि कुनै बिमित परिवारले वार्षिक ३,५०० योगदान गर्छ र उसको बीमाको म्याद २०८२ कार्तिक मसान्तसम्मको छ भने, उसले असोज मसान्तसम्म नवीकरण नगरेमा लाग्ने शुल्क यसरी लाग्छ ।

–२०८२ कार्तिक १ गते देखि पुष मसान्तसम्म (३ महिनासम्म) नवीकरण गर्दा ३,५०० सहित १० प्रतिशत (३५०) = रू ३,८५०

–२०८२ माघ १ गते देखि चैत्र मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित ३० प्रतिशत ( १,०५०) = रू ४,५५०

–२०८३ वैशाख १ गते देखि असोज मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित ५० प्रतिशत ( १,७५०) = ५,२५०

–२०८३ कार्तिक १ गते देखि २०८४ असोज मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित रू ७,०००

–२०८४ कार्तिक १ गते देखि २०८५ असोज मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित रू १०,५००

–२०८५ कार्तिक १ वा सो पश्चात (३ वर्ष भन्दा बढी) नवीकरण गर्दा ३,५०० सहित रू १४,००० रुपैँया लाग्ने छ ।

सह–भुक्तानीमा चाहिँ आकर्षक छुट

सूचना अधिकारी बीमा कार्यक्रममा आबद्ध बीमितलाई भने सह–भुक्तानी (बीमा दाबी गर्दा ग्राहकले आफैंले पनि तिर्नुपर्ने रकम निश्चित अंश)मा आकर्षक छुट व्यवस्था गरिएको बताए । आबद्ध बीमितलाई सह–भुक्तानीमा ३० प्रतिशतसम्म सुविधा दिइएको मल्लले सुनाए । लामो समयसम्म नियमित नवीकरण गर्ने बीमितले ३० प्रतिशतसम्मको सह–भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले बीमितहरूलाई आर्थिक भार कम गर्न सहयोग पुग्ने उनको जिकिर छ ।

उनका अनुसार तीन वर्षसम्म लगातार नियमित रुपमा बीमा नवीकरण गर्ने बीमितले प्रचलित कानून अनुसार गर्नु पर्ने सह–भुक्तानीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस्तै चार वर्षदेखि सात वर्षसम्म नियमित रुपमा बीमा नवीकरण गर्ने बीमितका हकमा पनि सह–भुक्तानीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी सात वर्षभन्दा बढी समयसम्म निरन्तर रुपमा बीमा नवीकरण गर्ने बीमितहरूलाई सबैभन्दा बढी, सह–भुक्तानीमा ३० प्रतिशत छुट प्रदान गरिने छ ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.