• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भेडाच्याङ्ग्राको मूल्य मुस्ताङमै ३५ हजार (फोटो फिचर)

  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

मुक्तिनाथ (मुस्ताङ), असोज १ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोर्सेरका आङ्ग्याल गुरूङले रोज्जा च्याङ्ग्रालाई ३५ हजारसम्ममा मुस्ताङमै बिक्री गर्नुभयो । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गरी ब्यापारी गोठमै पुगेपछि कृषक गुरूङले हातले उचाल्नै नसक्ने केही च्याङ्ग्रालाई ३८ हजारसम्म पार्नुभयो ।

करिब दुई दशकदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङले डेढसय बिक्री गरिसक्नुभएको छ । थप डेढसय च्याङ्ग्रा बिक्री गर्न सदरमुकाम जोमसोम झर्नुभएको छ । कृषक गुरूङ भन्नुहुन्छ, ‘‘ व्यापारीहरू गोठमै खोसाखोस गर्छन, मलाई बिक्री गर्न कुनै समस्या छैन, पाँच सय च्याङ्ग्रामा यस पटक तीन सय मात्र बिक्री गर्छु ।’’

विगतको तुलनामा च्याङ्ग्राको आकार हेरेर मुस्ताङमै मूल्य घटेकाले यसपटक बजारमा केही सस्तो हुने कृषक गुरूङको भनाइ छ । समग्रमा रोज्जा भेडाच्याङ्ग्रालाई मुस्ताङमै ३५ हजारमा बिक्री भइरहेको छ । उपल्लो मुस्ताङको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका कृषकमार्फत स्थानीय व्यापारीले समेत खरिद गरेर छिमेकी जिल्ला म्याग्दीसहित बागलुङ, पर्वत र कास्कीसम्म लगेर बिक्री गर्नेगरेका छन् ।

तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले गोठबाटै डोल्पाका व्यापारी अमृत मगरलाई प्रतिच्याङ्ग्रा ३३ हजारमा बिक्री गरी घरमै २९ लाख ७० हजार नगदै बुझ्नुभयो । गोठमा रहेका केही च्याङ्ग्रा तिहारमा बिक्री गर्ने कृषक गुरूङले गोठबाठै ३० हजारभन्दा माथिको मूल्यमा च्याङ्ग्रा बिक्री हुँदा उत्साहित भएको बताउनुभयो ।

कृषक गुरूङ भन्नुहुन्छ, ‘‘च्याङ्ग्राको माग अनुसारको उत्पादन हुँदैन, चरन क्षेत्रको अभावले समेत गोठ विस्तार गर्न सकिएको छैन ।’’ व्यापारी मगरले आफूले गोठमै आएर खरिद गरेकाले केही सस्तोमा पाएको बताए पनि जोमसोम बजार क्षेत्रमा कृषकले नै व्यापारीलाई ३५ हजारसम्म बिक्री गरेको बताउनुभयो ।

सामान्यतः एउटा भेडाच्याङ्ग्रा जन्मेको दुईतीन वर्षपछि बेच्न लायक हुन्छ । दशैँलाई लक्षितगरी यसवर्ष मुस्ताङबाट मात्र १२ हजार बढी च्याङ्ग्रा निकासी हुने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङले जनाएको छ । मुस्ताङ बाहेक जुम्ला, डोल्पाबाट समेत ५ हजारभन्दा बढी भित्रिने अनुमान गरिएको छ ।

कोरला नाका व्यावसायिक रूपमा खुला भएकाले व्यापारीले अन्तिम समयमा यस क्षेत्रबाट समेत तिब्वती भेडाच्याङ्ग्रा भित्र्याउन सक्ने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभरी एक सय कृषक सूचीकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा रहेकोमा मासुजन्य प्रयोजनका लागि सूचीकृत कृषक र सूचिकृत नभएका कृषकहरूले समेत भेडाच्याङ्ग्रा निकासी गर्ने भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणी अर्यालले बताउनुभयो ।

प्रमुख अर्यालले भन्नुभयो, ‘‘कृषक र व्यापारीको जमघट सुरू भएको छ, कृषकले आफ्नो चाहना अनुसारकै मूल्यमा व्यापारीलाई बिक्री गर्न पाउँछन्, हामीले स्वास्थ्य परीक्षण गरेर मात्र अर्को जिल्लामा पठाउँछौ ।’’ मुस्ताङमा कृषक र व्यापारीको खरिद–बिक्री हेर्दा यस पटक रोज्जा च्याङ्ग्राको मूल्य अन्तिम उपभोक्तासम्म पुग्दा ४० हजारसम्म बिक्री हुने अनुमान गरिएको छ ।

बजारमा व्यापारीले खरिद गरेको भेडाच्याङ्ग्राको मूल्य नियन्त्रणमा हस्तक्षेप नगरे झन आकाशिने देखिन्छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेशगरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले रोज्जा च्याङ्ग्रा खरिद गर्छन् ।

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.