काठमाडौं , असोज २३
आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
जितका लागि कुवेतले १४२ रनको लक्ष्य पाएको थियो । तर १८ दशमलव १ ओभरमा कुवेतले सबै विकेट गुमाएर जम्मा ८३ रनमा समेटियो ।
अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ एकमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाएका हुन ।यस्तै , गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए ।मोहम्मद आकिफ फरुकले एक विकेट लिए ।
कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।


