• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

रैथाने अनदी धान लोपोन्मुख अवस्थामा

  •   सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित

कञ्चनपुर, कात्तिक १०  गते ।  रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ ।  बढी फल्ने वर्णशङ्कर९हाइव्रिड० र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिक्कीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै विर्सन नसकिने बताउनुहुन्छ ।

“सानो उमेरमा  चुलोमो अनदीको धान भुटेर ढिकिमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ,” उहाँले भन्नुभयो, “अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जादा खल्तीभरी त्यही च्युरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।” अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उहाँ बताउनुहुन्छ ।

बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानकोखेती छाडेको उहाँ बताउनुहुन्छ । “थारु समुदायमा अटवारी पर्वका बेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइन्थ्यो” परदेशी डगौराले भन्नुभयो,“मिसौला, च्युरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्योे ।” भात लसिलो र स्वादिलो हुने भएकाले वाफमा पकाएर खाने चलन रहेको उहाँको भनाइ  छ ।“यसको चालमको खिर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइथ्यो, परिवारका सबैजना बसेर खान्थ्यौँ” उहाँले भन्नुभयो । अहिलेका धानको चामलको खिर अनदीको चामलको जस्तो नहुने गरेको उहाँको अनुभव छ ।

जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उहाँले भन्नुभयो, “यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।”

“पहिले अनदी धान कम्तीमा एक–दुई क्यारीमा अनिवार्य रूपमा लगाउने गथ्र्यौं” किसान रामकिसान रानाले भन्नुभयो, “अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।” उहाँका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक बढीनै बित्न लागेको छ । अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातीका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन् ।

यी जातहरू  माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान् रहेको किसानहरुको भनाइ छ ।कृषि अगुवा पल्टु डगौराका अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशिलतामा पनि सुधार ल्याउन सकिन्छ ।

रैथाने जातका धान खडेरी, सुख्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रुपमा रहने उहाँले उल्लेख गर्नुभयो । पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामी बताउनुहुन्छ । “यसले जैविक विविधता मात्र होइन, नेपाली समाजको परम्परागत खानपान र संस्कृतिलाईसमेत प्रभावित बनाएको छ” उहाँले भन्नुभयो, “रैथाने बीउको संरक्षणमा जोड नदिए यो जात सधैँका लागि हराउने खतरा छ, स्थानीय तह, कृषि अनुसन्धान केन्द्र र समुदायबीच सहकार्य गरी बीउ सङ्कलन, संरक्षण र पुनःउत्पादनको अभियान चलाउनुपर्ने देखिन्छ ।” अनदीलगायत रैथाने धानको बीउ खोजी, सङ्कलन गरी किसानलाई पुनःखेती सुरु गर्न उत्प्रेरित गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.