काठमाडौँ ,कार्तिक २२
हिजो शुक्रबारबाट प्रदर्शनमा आएको अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ लाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ।चलचित्र शुक्रबार देशैभरिको सिनेमा हलहरु हाउसफुल भएको छ ।
शुक्रबार बिहानबाटै राजधानीको रन्जना सिनेप्लेक्स न्युरोड ,एफक्युब सिनेमा केएल टावर चाबहिल ,क्युएफएक्स सिनेमा भक्तपुर , क्युएफएक्स सिभिल मल , बिग सिनेमा कमलपोखरी ,क्युएफएक्स सिटी स्क्वायर महल सामखोसी लगायतका हलमा दर्शकसग प्रतिक्रिया लिन कलाकारहरु पुगेका थिए ।
चलचित्रका मुख्य कलाकारहरु अशोक दर्जी ,सरोज खनाल ,नीता ढुंगाना, रमेश विश्वकर्मा,एआर बुढाथोकी,बिना रावत ,साम्राज्ञी थापा र टंक निर्देशक बुढाथोकीको हलमा पुग्दा दर्शकहरु उनीहरुलाई अंगालो हालेर रोएका थिए । चलचित्र हेरेर निस्केका अधिकांस दर्शकले आफुले फिल्म हेर्दा धेरै ठाउमा रोएको र चलचित्र निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्न स्कुल विद्यार्थीहरु आएका थिए ।

राजधानीसगै मोफसलको दमक, बिर्तामोड ,धरान,इटहरी ,चितवन ,नेपालगन्ज ,बुटवल ,दाङ्ग ,सर्लाही लगायतका ठाउमा चलचित्रले हाउसफुल दर्शकको साथ पाएको थियो । धेरै सिनेमा हलमा दर्शकले टिकट नपाएको गुनासो सम्म गरेका थिए ।आज सनिबार पनि चलचित्र ‘मन बिनाको धन’ देशैभरिका धेरै हलमा हाउसफुल भईरहेको छ ।
सिनेमा हलमा दर्शकले कम सो भएर चलचित्र हेर्न नपाएको गुनासोसगै भोलि आइताबारबाट देशैभरिका सिनेमा घरले ठुलो मात्रामा हलमा सो उपलब्ध गराएका छन् ।
चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।


